एमालेले गर्यो पूर्व सांसद साम्सोहाङलाई निलम्बन

 न्यूज विराट
एमालेले गर्यो पूर्व सांसद साम्सोहाङलाई निलम्बन

विराटनगर — नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा उत्पन्न विवादका कारण दुई नेतालाई निलम्बन गरेको छ।

निलम्बनमा पूर्व सांसद एवं जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ र प्रदेश पर्यटन विभागका सचिव मणिशंकर पोमु रहेका छन्।

गत वैशाख १८ गते सम्पन्न युवा संघ ताप्लेजुङको जिल्ला अधिवेशनमा संस्थापन पक्षले एकलौटी रूपमा कमिटी गठन गरेको भन्दै विरोध जनाएपछि उनीहरूमाथि कारबाही गरिएको हो।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार ताप्लेजुङ कमिटीले दिएको राय सुझावको आधारमा दुई नेताले बढ्ता गरेको भन्दै निलम्बन गरिएको हो।

निलम्बनमा परेका नेता साम्सोहाङले भने, “हामीले अधिवेशनमा सहमतिको लागि सचिवको माग गरेका थियौं। तर, अध्यक्षमण्डलले एकलौटी रूपमा नाम घोषणा गरेपछि हामीले विरोध गर्यौ। त्यसैकारण हामीमाथि कारबाही गरिएको होला।” उनले पार्टीभित्रको बहस र स्थिति हेरेर अघि बढ्ने बताए।

फुङलिङस्थित एमाले कार्यालयमा सम्पन्न अधिवेशनमा संस्थापन पक्षले मानिक तुम्बाहाम्फेलाई अध्यक्ष घोषणा गरेपछि विवाद चुलिएको थियो। बन्द सत्रको क्रममा नयाँ कमिटीको नाम एकलौटी रूपमा घोषणा गर्न खोज्दा प्रतिनिधिहरूबीच झडप भई टेबल, कुर्सी र माइकसमेत तोडफोड भएको बताइएको छ।

निलम्बनमा परेका नेताहरू एमालेका वरिष्ठ नेता योगेश भट्टराई निकट मानिन्छन्। उनीहरू पूर्व माधवकुमार नेपाल समूहका भए पनि दस बुँदे सहमतिपछि एमालेमै बसेका थिए।

सम्बन्धित समाचार

पूर्वाञ्चल विद्या सदनको सन्देशमुलक प्रर्दशन

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरस्थित पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले सन्देशमुलक प्रर्दशन गरेका छन् । उनीहरुले विराटनगरको ट्राफिक चोकमा आज साझ सन्देशमुलक सामाग्रीहरु बोकेर प्रर्दशन गरेका हुन् ।पूर्वाञ्चल विद्या सदनका विद्यार्थीहरुले बुद्ध...

आज विराटनगरमा एकैदिन २७६ जनामा कोरोना संक्रमण

विराटनगर, १० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २८३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा...

कोशी अस्पतालको आइसोलेशनमा एक व्यक्तिको मृत्यु, कोरोना परीक्षण हुँदै

विराटनगर, साउन २–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा कोरोनाको आशंका गरिएका एक व्यक्तिको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएपछि मंगलबार राति १० बजे अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः३० बजे...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

ऊर्जा कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

मकवानपुर, १७ वैशाख-मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित...

विमानस्थलबाट सय ग्राम सुनसहित युवक पक्राउ

कुवेतबाट काठमाडाैं आएका रुपन्देहीका एक युवक त्रिभुवन विमानस्थलबाट सुनसहित पक्राउ परेका छन् । २८ वर्षका ती युवक जजिरा एयरबाट मंगलबार बिहान काठमाडाैं आएका थिए । उनकाे साथबाट एक सय ग्राम सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ । विमानस्थल...

हजारौं प्रयासका बाबजुद पार्टी एक हुन नदिने खेल भइरहेको छ:ओली

काठमाडौं, १८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी...

पोखरा महानगरले बनायो कृषि बजारमा स्यानिटाइजर टनेल

पोखरा, १४ वैशाख-पोखरा महानगरपालिकाले शान्ति वनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइजर टनेल जडान गरेको छ ।कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वचालित सेनिटाइजर टनेल बनाएर महानगरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्