पुलिस बन्यो एमएम कप क्रिकेटको च्याम्पियन

 न्यूज विराट
पुलिस बन्यो एमएम कप क्रिकेटको च्याम्पियन

विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ। शनिबार विराटनगरमा सम्पन्न फाइनल खेलमा पुलिसले साविक विजेता त्रिभुवन आर्मीलाई २४ रनले पराजित गर्दै उपाधि जितेको हो ।
लगातार तीन पटक फाइनलमा पुगेको पुलिसले यस पटक पहिलो पटक उपाधि जित्न सफल भएको छ। पुलिस यसअघि दुई पटक एमएम कपको फाइनलमा आर्मीसँग पराजित भएको थियो। पुलिसको यो जितसँगै आर्मीको ह्याट्रिक उपाधि जित्ने सपना अधुरै रह्यो।
टस हारेर ब्याटिङ गर्न उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनायो। पुलिसका लागि अरुण ऐरीले ६४ रन र कप्तान शंकर रानाले ५१ रनको अर्धशतकीय पारी खेले। यसैगरी, श्रवण यादवले ३२ रन र दिपक डुम्रेले ३६ रनको योगदान दिए।
आर्मीतर्फबाट नरेन साउद, दुर्गेश गुप्ता र तुलबहादुर थापाले २–२ विकेट लिए।
जवाफी ब्याटिङमा आर्मीले पुलिसले दिएको २४० रनको लक्ष्य पछ्याउँदै ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो। आर्मीका विकेटकिपर हिमांशु दत्तले ६३ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्। अन्य ब्याट्सम्यानहरूमा निश्चल क्षेत्रीले ३६ रन, इमरान शेखले २४ रन, नरेन साउदले २१ रन, जितेन्द्र सिंह ठकुरीले २० रन र विशाल सुस्लिङले १८ रनको योगदान दिए।
पुलिसका प्लेयर अफ द फाइनल श्रवण यादवले ४ विकेट लिए भने चित्र विष्टले २ विकेट हात पारे।

विजेता पुलिसले ट्रफी र ४ लाख रुपैयाँ नगद प्राप्त गर्‍यो भने उपविजेता आर्मीले २ लाख रुपैयाँ र ट्रफी हात पार्‍यो।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा आर्मीका नरेन साउद घोषीत भए । उनले नगद २५ हजार रुपैयाँ हात पारे । उत्कृष्ट ब्याटरमा पुलिसका शंकर राना घोषित भए । उनले नगद १५ हजार पाए । उत्कृष्ट बलरमा कोशी प्रदेशका प्रेम कामत भए । उनले नगद १५ हजार रुपैयाँ पाएका छन् ।
बैशाख १३ गतेदेखि सुरु भएको यस प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब गरी ६ टिमले भाग लिएका थिए।

सम्बन्धित समाचार

९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म ९ जना सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिन थालेपछि ४ वटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अपनाएर काम...

सात नयाँ मन्त्रीमा बादलकी पत्नीदेखि माधव पक्षका नेतासम्म, शपथ आजै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ...

४३ हजार बढीको कोरोना परीक्षण, ४७ जनामा संक्रमण, ९ जना निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा बिहीबारसम्म ४३ हजार बढीको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४३ हजार ७ सय २२ जनाको परीक्षण गरिएको जानकारी दिइएको हो । यी परीक्षण पीसीआर...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नाघ्यो

एजेन्सी, साउन ३-विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५...

विराटनगरमा ३१ सहित प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण

विराटनगर, ७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

लकडाउनमा महाकाली नदीबाट ट्युबमार्फत मान्छे ओसार्ने १ जना पक्राउ

डडेल्धुरा, ८ वैशाख-लकडाउनको समयमा महाकाली नदीबाट मान्छे ओसारपसारमा संग्लन रहेको भन्दै दार्चुलामा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राती महाकाली नदीबाट नेपाल भित्र्याइरहेको अवस्थामा महाकाली नगरपालिका-७ का २३ वर्षीय करन टमटालाई प्रहरीले नियन्त्रणमा...

तेजस्वी सहकारीद्धारा रक्तदान कार्यक्रम, ३६ जनाले गरे रक्तदान

विराटनगर । विराटनगर – ५ मा रहेको तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा विराटनगरमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान...

सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

वीरगन्ज, ६ भदौ-सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्