धौंखल वंशको १८ औं भेला भव्यताका साथ सम्पन्न, पाँच जना व्यक्तित्व सम्मानित
बुधबार, १७ बैशाख, २०८२,
न्यूज विराट
विराटनगर । झापा, मोरङ, सुनसरी, ताप्लेजुङ र भारतको सिक्किम तथा आसाममा बसोबास गर्ने श्रेष्ठ समुदायको धौंखल वंशको १८ औं भेला सम्पन्न भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ स्थित सौठा बजारमा आयोजित यस कार्यक्रममा परम्परागत संस्कृति झल्किने विविध गतिविधिहरू सहित बुधबार वंश भेला उल्लासपूर्ण वातावरणमा समापन गरिएको हो । धौंखल वंश सेवा समितिका अध्यक्ष पदमकुमार श्रेष्ठका अनुसार अक्षय तृतीयाको शुभ अवसर पारेर प्रत्येक वर्ष यस्तो वंश भेला आयोजना गरिँदै आएको बताउनुभयो । ‘हाम्रो वंशको एकता र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने मुख्य उद्देश्यका साथ यो वार्षिक भेला आयोजना गरिएको हो,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । कार्यक्रममा विशेष उपलब्धि हासिल गरेका पाँच जना विशिष्ट ज्येष्ठ व्यक्तित्वलाई सम्मान गरिएको थियो । उर्लाबारीका हरिराज श्रेष्ठ, मधुमल्लाका टेकबहादुर श्रेष्ठ, डाँगीहाटका खड्गबहादुर श्रेष्ठ, ताप्लेजुङकी गौरीमाया श्रेष्ठ र पथरीकी लक्ष्मीमाया श्रेष्ठलाई सम्मानित गरिएको हो । समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले धौंखल वंशले आफ्नो समुदायको उत्थानका लागि मात्र नभई सम्पूर्ण समाजको विकासमा समेत योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हामी एकताबद्ध भएर समाज रूपान्तरणका कार्यमा अग्रसर हुनेछौँ,’ उहाँले भन्नुभयो । समितिका सचिव प्रेम श्रेष्ठले संस्थागत गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष गरिएका उपलब्धिहरू र आगामी वर्षका लागि योजनाहरू बारे जानकारी गराउनुभयो । भेलामा झापा, मोरङ, सुनसरी, ताप्लेजुङ र भारतको सिक्किम तथा आसामका विभिन्न क्षेत्रबाट आएका धौंखल वंशका सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा परम्परागत सांस्कृतिक प्रस्तुति, वंशको इतिहास झल्किने प्रदर्शनी र सामूहिक भोजको आयोजना गरिएको थियो । संस्थाले हालसम्म ६५ घरपरिवारका ५ सय बढी सदस्यहरूलाई एकीकृत गरेको छ र भविष्यमा सामाजिक सेवा, सांस्कृतिक संरक्षण र युवा सशक्तीकरणका क्षेत्रमा थप कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।
विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा भदौ ५ गतेसम्म लकडाउन थप भएको छ । समुदायस्तरमा तिब्र संक्रमण फैलँदै जान थालेपछि महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको शुक्रबार बसेको बैठकले साउन १६ गतेदेखि ३० गतेसम्मको लागि लगाएको लकडाउन भदौ...
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ताहरू चितवन ओइरिन थालेका छन् । भोलि उद्घाटन हुने भए पनि देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि लगायत अन्य सहभागीहरू सौराहा पुग्ने क्रम चलिरहेको हो । सौराहास्थित एमाले महाधिवेशन...
काठमाडौं, जेठ २६ । नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री...
काठमाडौं, २८ जेठ-काठमाडौं महानगरपालिकाले वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । बुधबार बिहानबाट रेडियोबाट पढाउन सुरु गरिएको महानगरका शिक्षा विभागका अधिकृत तारापति खरेलले जानकारी दिए । बिहान ९ बजेबाट कक्षा १ देखि १० सम्मका...
काठमाडौं, १५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु...
काठमाडौं, माघ २६–नेपाल अडिटर्स एसोसीएसन (अडान)ले नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न सरकारसँग माग गरेको छ । यही २४ र २५ माघमा काठमाडौंमा बसेको अडान केन्द्रीय समिति बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यापक...
काठमाडौं, ३० जेठ-जनता समाजवादी पार्टीले संविधान संशोधन गर्न संसदमा प्रस्तुत भएको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारीको बैठकले नेपालकाे संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय...