कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गर्दै

 न्यूज विराट
कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गर्दै

विराटनगर।कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गरेको छ। गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा पर्यटन वर्षको उद्घाटन गरिएको हो। सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न यो पर्यटन वर्ष घोषणा गरिएको बताउनुभयो। कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुजी निर्माण गरिने बताउनु बताउनुभयो ।

स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै यो प्रदेश नमुना प्रदेशको रुपमा लैजाने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो। सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेरअघि बढ्दै पर्यटनलाई प्रवर्धन गर्ने चाहना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै जातजाति ,धर्म संस्कृतिको जगर्ना र त्यसको संरक्षणमा अघि बढ्ने स्पष्ट पार्नुभयो।

पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडीवुटीका क्षेत्रमा काम गर्ने बताउनुभयो। कोशी प्रदेशलाई बन्द हडतालबाट मुक्त गर्दै यहाँ भएको समस्या वार्ताको माध्यमबाट समाधान गर्न पनि मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो। यी समस्याहरु समाधान गरेमा पर्यटन प्रवर्धन हुनुका साथै विकास र समृद्धिमा नयाँ मोडमा जान सक्ने उहाँले स्पष्ट पार्नुभयो। प्रदेशमा माङसेबुङ जस्तो पवित्र स्थल रहेको साथै साहसिक पर्यटकको पनि सम्भावना रहेको चर्चा गर्दै उहाँले यी सबैलाई ध्यान दिएर अघि बढ्नुपर्ने बताउनुभयो।

सरकारले ल्याएको अध्यादेशबाट निजी क्षेत्र उत्साहित भएको र अझै कानुन सुधार गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले संघीय सरकारले केही कानुनमा अझै सच्याउनुपर्ने र सुधार गरेर जानुपर्ने अवस्था रहेको बताउनुभयो। नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि भारत र चीनबाट पर्यटन भित्र्याउन सक्नुपर्ने बताउँदै यसका लागि संघीय सरकारले काम गर्नुपर्ने बताउनुभयो।

यो प्रदेशमा बाराह क्षेत्र, हलेसी र माङ्सेबुङ जस्तो विशिष्टकृत धार्मिक क्षेत्र रहेको जानकारी दिँदै उहाँले धार्मिक पर्यटनबाट ठूलो लाभ लिन सकिने बताउनुभयो। पर्यटनको पूर्वाधार र नीति नियममा पनि सबैको चासो र सरोकार रहनुपर्ने उल्लेख गर्दै यसमा सबै राजनीतिक दलको सहयोगको अपेक्षा गर्नुभयो।

सम्बन्धित समाचार

अनलाइन बन्द गराउने काउन्सिलको निर्णय संविधान विपरितः अनलाइन पत्रकार संघ

१७ वटा अनलाईन बन्द गर्न शिफारिस गर्ने प्रेस काउन्सिलको निर्णयप्रति अनलाईन पत्रकार संघले आपत्ति जनाएको छ । उसले काउन्सिलको यो कामलाई गैरसंवैधानिक र स्वेच्छाचारी भन्दै आपत्ति पनि जनाएको छ । कोरोना संक्रमणका बिषयमा भ्रमपूर्ण समाचार...

कोरोना रोकथामका लागि स्वास्थ्य र रक्षा मन्त्रालयलाई साढे ३ अर्ब रुपैयाँ निकासा

सरकारले कोरोना संक्रमण रोकथाम तथा राहतका स्वास्थ्य मन्त्रालय र रक्षा मन्त्रालयका नाममा करिब साढे ३ अर्ब रुपैयाँ रकमान्तर गरी निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको प्रयोजनार्थ ३ अर्ब ९९ करोड रुपैयाँ...

पर्सामा ४ पत्रकार समेत कोरोना संक्रमित

बीरगञ्ज, बैशाख ३०-नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएको अस्पतालले जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले वीरगन्जमा स्थानीयबाट संकलन गरिएको...

विराटनगरमा भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालन

विराटनगर । विराटनगर – ९ स्थित श्री भेरिएन्ट एजुकेशन कन्सल्टेन्सी संचालनमा आएको छ । विराटनगरका तीन जना युवाले उक्त कन्सल्टेन्सी बिहीबार एक कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएका हुन् । कन्सल्टेन्सीको उद्घाटन कोशी प्रदेश सभा सदस्य...

टिपरकाे ठक्करबाट ड्युटीमा खटिएका सईको मृत्यु

भक्तपुर, १३ जेठ-टिपरको ठक्करबाट मध्यपुर थिमि-४ नयाँथिमीमा प्रहरी नायब निरीक्षकको ज्यान गएको छ । सोमबार राती काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको खाली टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती मगरको...

चीनमा थप ३६ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ ।...

वीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, ११ भदौ–सुनसरीको धरनस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश २ को सिराहा नगरपालिका–२ का ५५ वर्षिय पुरुषको बिहिबार साँझ पौने ७ बजे उपचारका क्रममा मृत्यु...

‘लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रामा निस्कने होइन ?’

रसुवा, २६ असोज-कोभिड–१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्