इक्युवालिटि कप क्रिकेटको उपाधिकालागि मोरङ र सप्तरी भिड्ने, फाइनल विहिबार हुने

 न्यूज विराट
इक्युवालिटि कप क्रिकेटको उपाधिकालागि मोरङ र सप्तरी भिड्ने, फाइनल विहिबार हुने

विराटनगर। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ ।
मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्दै अपराजित हुँदै शिर्ष स्थानमा रहेको हो । यस अघिनै मोरङ र सप्तरी फाइनलको यात्रा तय गरेका छन् ।मोरङ खेलेको तीनै खेलमा जित हा पार्दै ६ अंक जोडेको छ भने सप्तरीले ३ मा २ खेलमा जित हात पार्दै ४ अंककासाथ दोस्रो स्थानमा रहेको छ ।

टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई ८१ रन जोडेको छ । सप्तरीकी साक्षी यादवले सर्वाधिक अविजित ४२ रन जोडीन् । मोरङकी निरु राजवंशीले १ विकेट लिँदा फुलकुमारी राजवंशी र बन्धना राजवंशी र क्रितीषा राजवंशीले १–१ विकेट लिइन् ।

८२ रनको लक्ष्य पछ्याएको मोरङले १० दशमलव ५ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा प्लेयर अफ द म्याच टिका साहले ४१ रन बनाउँदा प्रिन्साा राना मगरले अविजित १५ रनको योगदान दिइन् । टिकाले ३० बलमा ६ चौका प्रहार गरिन् । सप्तरीकी दिपा रामले २ विकेट लिइन् ।

यस अघि भएको पहिलो खेलमा सिरहाले इलामलाई १ सय ३३ रनको पराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । दुवै टिमले लगातार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । सिरहाले ३ खेलमा १ मा जित हात पार्दै २ अंक बटुलेको छ भने इलामले तीनै खेलमा पराजित भएको छ ।

टस हारेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रनको विशाल योगफल तयार पारेको थियो । सिरहाकी प्लेयर अफ द म्याच सरस्वती चौधरीले अविजित ७८ रन बनाउँदा मिना महतोले २६ रनको योगदान दिइन् । चौधरीले ६२ बलमा १० चौका प्रहार गरिन् । इलामकी मुना राई, टिकामाया तामाङ, प्रयंका राई र रञ्जना लिम्बुले समान १–१ विकेट लिएकी थिइन् ।

१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको इलामले १६ दशमलव ४ बलमा सवै विकेट गुमाई ६२ रन बनाएको थियो । इलामकी दिपा लिम्बु सर्वाधिक ११ रन बनाइन् । सिरहाकी अनु यादवले ३ विकेट लिँदा प्रसिद्का खडकाले पनि ३ विकेट लिइन् ।
प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।

सम्बन्धित समाचार

प्रेस सेन्टरको स्थापना दिवसमा आश्रममा फलफूल वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।प्रेस सेन्टर नेपाल मोरङले मंलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल...

१५ बैंक ह्याक गर्ने धम्की, राष्ट्र बैंक भन्छ- त्रासमात्र फैलाउने काम

काठमाडौं, ७ साउन । राष्ट्र बैंकसहित १५ बैंक ह्याक गर्ने भन्दै ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनीसहित म्यासेज आएपछि बैंकिङ क्षेत्रमा तरङ्ग पैदा भएको छ । नेपाल राष्ट्र बैंक आईटी डिपार्टमेन्टमा कार्यरत कर्मचारीको ग्रुप च्याटमा...

एनसीडिए कोशी प्रदेशको दोस्रो अधिवेशन सुरु, नयाँ नेतृत्व छान्न आइतबार निर्वाचन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित इस्टन स्टार होटलमा आइतबार दिउँसो चार बजेटबाट अधिवेशन सुरु भएको हो ।संघको अध्यक्ष कुमार खतिवडाको अध्यक्षमा अधिवेशन सुरु...

माधव नेपालका ७ अंगरक्षकलाई कोरोना

काठमाडौं, ६ भदौ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।   पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उनको सुरक्षामा...

जहदामा माओवादी–कांग्रेस–जसपामा कार्यकर्ताको खडेरी, वडाध्यक्ष गीरी सहित एकैदिन ७४५ जना एमालेमा प्रवेश

विराटनगर, ६ भदौ । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जहदा गाउँपालिका वडा नंः ४ का वडाअध्यक्ष जयनरथ गिरी सहित ७ सय ४५ जना नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । जहदा गाउँपालिका–२ स्थित...

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट

काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...

२५ माघदेखि मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

मोरङ, माघ २२–२५ माघदेखि मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि फागुन दोस्रो सातासम्म औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मोरङमा...

मेलम्चीको काम जारी, फिनिसिङ कार्य अन्तिम चरणमा

काठमाडौं, १९ वैशाख-बन्दाबन्दीको १ महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्