टि–२० क्रिकेट प्रतियोगिता : मोरङलाई ६ रनले हराउँदै इलामको रोमाञ्चक जित

 न्यूज विराट
टि–२० क्रिकेट प्रतियोगिता : मोरङलाई ६ रनले हराउँदै इलामको रोमाञ्चक जित

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्लालाई हराउँदै इलामले रोमाञ्चक जित निकालेको छ ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित निकालेको हो । जितसँगै इमालले दुई अंक जोडेको छ । इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो ।
इलामले दिएको ११४ रनको विजय लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०७ रनमा सिमित भयो । मोरङका सन्तोष चौधरीले ४० बलमा ३९ रन बनाए । उनले दुई चौक्का र एक छक्का प्रहार गरे । मिनाश थापाले २२ बलमा ३२ रनको योगदान दिए ।
इलामका विशाल आचार्य र प्रज्जवल खत्रीले समान २–२ विकेट लिए । लभ कामतले १ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको इलामले १९.दशमलप ६ ओभरमा सबै विकेट गुमाइ ११३ रन बनाएको थियो । जसमा सुवास बजगाइले सर्वाधिक ३० रन बनाए । उनले २७ बलमा ५ चौक्का प्रहार गरे । इलामका लभ कामतले ३० बलमा २६ रन पारी खेल्दा सुशान्त सापकोटाले १७ बलमा १६ रनको योगदान दिए ।
मोरङका बलर अर्मन अली र मिनाश थापाले समान ३–३ विकेट लिए । खेलको प्लयेर अफ द म्याच इलामका लभ कामत घोषित भए । उनले नगद २ हजार पाँच सय पाए ।
अहिले दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुँदैछ ।

सम्बन्धित समाचार

विराटनगरका चर्चित इएनटीका डाक्टर कैलाश श्रेष्ठको सेवा अब मकालु एभरेष्ट हस्पिटलमा

विराटनगर । विराटनगरका चर्चित डाक्टर कैलाश श्रेष्ठले विराटनगरस्थित मकालु एभरेष्ट हस्पिटलबाट सेवा सुरु गरेका छन् । नाक, कान, घाटीका सिनियर कन्सलटेन्ड डा. श्रेष्ठले आइतबारदेखि मकालु एभरेष्ट हस्पिटलमा स्वास्थ्य सेवा सुरु दिन थालेका हुन् । आइतबार...

विराटनगरमा २५ सहित प्रदेश १ मा १७७ जनामा कोरोना संक्रमण

विराटनगर, २५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना संक्रमण भएको छ । ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

अप्राकृतिक मैथुन गरेको आरोपमा १ जना पक्राउ

डडेल्धुरा, २६ वैशाख-डडेल्धुरामा प्रहरीले १ जनालाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका-४ का विमल ओड रहेका छन् । स्थानीय व्यक्तिलाई अप्राकृतिक मैथुन गरेको आरोपमा उनलाई पक्राउ गरिएको डडेल्धुराका...

विराटनगरस्थित बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

विराटनगर, २९ भदौ । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा...

कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौं, ३१ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा ८ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा चार महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट...

ओलम्पिक डेमा एभरेष्टमा पौडी प्रतियोगिता, दावालाई तीन विधामा मेडल

विराटनगर । मोरङ जिल्ला पौडी संघले आयोजना गरेको स्वीमिङ प्रतियोगितामा दावा तामाङले तीन विधामा मेडल जितेका छन् । ओलम्पिक डे को अवसरमा संघले एभरेष्ट स्कुल विराटनगरमा– १५ मिटरदेखि आठ सय मिटरसम्मको विभिन्न स्पर्धा गराएको हो...

नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप

काठमाडौं, चैत १६ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको...

विराटनगरको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रद्वारा एक वर्षमा २६ हजार पिन्ट रगत संकलन

विराटनगर, १२ । नेपाल रेडक्रस सोसाईटी मोरङ जिल्ला शाखाअन्र्तगत संचालित क्षेत्रीय रक्त संचार सेवाकेन्द्रले आर्थिक बर्ष २०७६/७७ मा २६ हजार पिन्ट बढी रगत संकलन गरेको छ । सो संस्थाले उक्त आर्थिक बर्षमा २२ हजार पिन्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्