मातृशोक परेका पत्रकार खतिवडालाई समवेदना

 न्यूज विराट
मातृशोक परेका पत्रकार खतिवडालाई समवेदना

विराटनगर । मातृशोकमा परेका पत्रकार विजय खतिवडालाई आमाको तेह्रदिने किरियामा बसेको स्थान भद्रपुरमा नै पुगेर विराटनगरका पत्रकारहरुले समवेदना दिएका छन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य अविनाश निधी, अग्रज पत्रकार शंकर लुइटेल, स्वतन्त्र पत्रकार उद्धव घिमिरे, व्यवसायी मदन पुडासाईं र सुरज राजवंशीले समवेदना दिएका हुन् ।
स्वतन्त्र पत्रकार संघ कोशीका संयोजक खतिवडाकी आमा देवधरा खतिवडाको ८७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।
झण्डै एक दशकदेखि पक्षघातलगायतको बिरामीबाट ग्रस्त खतिवडाको झापा भद्रपुर क्याम्पसरोडस्थित आफ्नै घरमा निधन भएको हो । वि.सं. १९९५ मंसिर १७ गते जन्म भएकी खतिवडाका विजयसहित रामहरि, शिवहरि, विश्वहरि र कमलहरि गरी पाँच छोरा र मञ्जरी र मनसासहित दुई छोरी छन् ।
दिवङ्गत खतिवडाको शुक्रबार नै स्थानीय देउनिया खोलामा दाहसंस्कार भएको छ ।

सम्बन्धित समाचार

नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशन

काठमाडौं, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उनले एकताबद्ध प्रयासका...

कोरोना संक्रमणबाट मोरङमा थप छ जनाको मृत्यु

विराटनगर, ३० वैशाख । कोरोना भाइरसको संक्रमणका कारण बिहीबार बिहान मोरङमा थप छ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा...

एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना छनोट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना प्रतियोगि छनोट भएका छन् ।सेमिफाइनलमा पुगेका ११६ जनाबाट मंगलबार लाइभ राउन्टको लागि ५० जना छनोट भएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलमा भएको सेमिफाइनल चरणबाट...

पाँचथरको मिक्लाजुङकी लावती पुग्छिन् कोशी प्रदेशमा लाग्ने हरेक एक्सपोमा

विराटनगर । कोशी प्रदेशमा लाग्ने हरेक महत्सव तथा एक्सपोमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ निवासी जुनुकुमारी लावती किवीबाट बनेको परिकार लिएर पुग्ने गर्छिन् । लावतीको माङपाहाङ लावती कृषि उद्योगबाट बनेको किवीको जुसलगायतको पर्दशन गर्ने...

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

एक महिनापछि खुल्यो काँकडभिट्टा नाका

भद्रपुर, २७ वैशाख-झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक...

विकासशील देशमा थप ५० कराेड खाेप वितरण गर्ने अमेरिकाको घोषणा

एजेन्सी, ७ असोज । अमेरिकाले विकासशील देशहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा सहयोग गर्ने भएको छ । अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने राष्ट्रपति जो बाइडेनले घोषणा गरेका...

एभरेष्टले आयोजना गरेको कविता प्रतियोगितामा रिजु प्रथम

विराटनगर । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्