कटहरीमा पालिका स्तरीय अध्यक्ष कप सुरु, उद्घाटनमा द राइजिङ क्लब विजय
बुधबार, ०७ फागुन, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको कटहरी गाउँपालिकामा प्रथम पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा कटहरी ४ मा रहेको द राइजिङ यृुवा क्बल विजय भएको छ । कटहरी १ मा रहेको योङहाट क्लबलाई ५–० गोलले हराउँदै द राइजिङ युवा क्लब विजयी भएको हो । प्रतियोगिताको प्लेर अफ द म्याच द राइजिङ युवा क्लबका निशान्त राइ घोषित भए ।
बिहीबारको पहिलो खेले बुढीगंगा गाउँपालिकाकोे सुकचन्द युवा क्लब र सुनसरी खनारको फाएप स्टार क्लबबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल शान्ति युवा क्लब इटहरी र जुनियर एपसी ग्रामथानबीच हुनेछ ।
सो प्रतियोगिताको उद्घाटन कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गरे । कटहरी गाँउपालिकाले योग्य र सक्षम फुटबल खेलाडीहरु उत्पादन गरी जिल्ला र प्रदेशमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्देश्यले फुटबल प्रतियोगिता सुरु भएको अध्यक्ष चौधरीले बताए ।
फागुन ७ गते देखि १७ गते सम्म आयोजना गरिने सो फुटबल प्रतियोगितामा कटहरी गाँउपालिकाको ७ वटा वडाका १० वटा टिमहरु र अन्य पालिकाका ६ वटा टिम गरी १६ वटा टिमले भाग लिईरहेका छन् । प्रतियोगिताको विजयी टिमले १ लाख १ हजार नगद सहित ट्रफी र उपविजेताले ५१ हजार रुपैया सहित ट्रफी प्राप्त गर्ने कटहरी गाँउपालिकाले जनाएको छ । प्रतियोगिताका लागि बजेट ५ लाख रुपैया विनियोजन गरेको छ ।
विराटनगर, १३ कात्तिक । नेकपा (एमाले) मोरङको पालिका अधिवेशन अन्तर्गत शनिबार सुनवर्षी नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा भेडुवाथानमा सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको...
विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठुलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपेन्द्र पन्जियारको नेतृत्वमा...
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराहबाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले परिचालन गरेको ‘घुमुवा’ प्रहरीले आतंक सिर्जना गरेको पाइएको छ । तस्करी रोकथाम र नियन्त्रणको नाममा सर्वसाधरणलाई कुटपिट गर्दै आतंक सिर्जना गरेका...
काठमाडौं, ३० वैशाखनेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको...
काठमाडौं, २३ जेठ-नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार थप ४३ जनाले कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका...
विराटनगर । विराटनगर १४ रानीमा १० करोड लगानीमा हाजी आँखा अस्पताल संचालनमा आएको छ । एक कार्यक्रम आयोजना गरी ५० शैय्याको अस्पताल सोमबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ्गले उद्घाटन गरेपछि संचालनमा आएको हो...
विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...
विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर...