कोशी विचार उत्सवको तयारी तीव्र

 न्यूज विराट
कोशी विचार उत्सवको तयारी तीव्र

विराटनगर । कोशी विचार उत्सव २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ ।

कोसी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने उत्सवमा राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति, पर्यटन, पर्यावरण र वकृषि लगायतका विषयमा गहन विचार–विमर्श हुने आयोजक वीणा फाउन्डेसनले जनाएको छ । फागुन १५, १६ र १७ गते आयोजना हुने उत्सवमा वर्तमान राजनीतिक परिदृश्यका दिग्गज राजनीतिज्ञ, अर्थविद, शैक्षिक क्षेत्रका हस्ती, खेलकुदलगायत क्षेत्रको प्रतिनिधित्व हुने बताइएको छ ।
उत्सवका आयोजक वीणा फाउन्डेसनका बरुण मिश्रले दिएको जानकारीअनुसार खुला शत्रका रुपमा महेन्द्र चौकमा आयोजना हुने विचार उत्सवमा प्रदेश सरकार, स्थानीय तह र केन्द्रीय तहका नेता सहभागी हुँदैछन् । यस सन्दर्भमा जल्दोबल्दो विषयमा गहन छलफल भई त्यसबाट आएका निश्कर्षकले सरकार संचालन तहमा समेत सकारात्मक सुझाव प्राप्त हुने अपेक्षा गरिएको छ ।
फाउन्डेसनले यसको तयारी स्वरुप विभिन्न विधामा काम गरिरहेको मिश्रले बताए । उनले भने,“विचार उत्सर्जन र प्रतिपादनमा कोसी आफैमा उर्भर भूमि भएकोले यो पटक हामीले विराटनगरलाई चयन गरी कार्यक्रम आयोजना गर्न लागेका हौं ।” फाउन्डेसनले यसअघि मधेश प्रदेशको राजविराजमा यस्तै कार्यक्रम आयोजना गरेको थियो ।

सम्बन्धित समाचार

भारतीय विस्तारविरुद्ध सडकमा उत्रिएका पूर्वएआइजी र जर्नेल २ घण्टा थुनिए

 काठमाडौं, २७ वैशाख-पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यात २ घण्टा थुनिएका छन् । शुक्रबार भारतले एकतर्फीरूपमा नेपाली जमिन मिचेर धार्मिकस्थल मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि नेपालीहरू विरोधमा उत्रिएका छन् । त्यसैको...

दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् । आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन् । दीपेन्द्रको...

सिन्धुलीका ३ सय घरपरिवारलाई राहत प्रदान

सिन्धुलीकोकमलामाई नगरपालिकाले हालसम्म ३ सय घरपरिवारलाई राहत प्रदान गरेको छ ।लकडाउनका कारण समस्यामा परेका घरपरिवारको पहिचान गरी राहत वितरण गरिएको हो । नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार लकडाउन अवधिमा आफ्नो श्रम व्यवसाय नचली दैनिक गुजारा...

बिरामीको उपचारका लागि आर्थिक सहयोग

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । घरेलु सहयोगीका रुपमा काम गर्दै आएकी नितु राईका पतिको उपचारका लागि क्लबले २४ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो...

सकियो आइटिएफ तेक्वान्दोको दुई दिने सेमिनार

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । उक्त तालिम आइतबार विराटनगरमा समापन भएको हो । समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की...

स्वच्छ वातावरण राख्न जैविक विविधताको महत्त्वपूर्ण योगदानः प्रधानमन्त्री ओली 

काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका...

उपत्यकामा लकडाउनलाई यसरी गरिँदै छ कडाइ

काठमाडौं, १ जेठ-सरकारले उपत्यकामा लकडाउनलाई थप कडाइ गर्ने भएको छ । राजधानीसँगै देशभर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने रणनीति तयार गरेको हो । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, डीआईजी विश्वराज...

वेरोजगारीले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन : सरकार

काठमाडौं, २ जेठ-सरकारले बेरोजगारीले कोही भोकै नपर्ने र भोकले कोही नमर्ने गरी रोजगराीको सुनिश्‍चितता गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रबार सङ्घीय संसद हलमा सङ्घीय संसद र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्