ग्रेडेडमा खेलकुद सप्ताहको बिजेता खेलाडीलाई पुरस्कार

 न्यूज विराट
ग्रेडेडमा खेलकुद सप्ताहको बिजेता खेलाडीलाई पुरस्कार

विराटनगर । बिराटनगर ८ हाट्खोलामा आवस्थित ग्रेडेड स्कुलले खेलकुद सप्ताहको बिजेता विद्यार्थीहरु लाइ पुरस्कार वितरण गरेको छ । बिद्यालय परिसरमा आयोजित ऊक्त कार्यक्रममा नर्सरी देखि नौं कक्षासम्मका बिजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेको हो ।
गत माघ ११ र १२ मा आयोजना भएको खेलकुद कार्यक्रममा स्वर्ण पदक १६३ , कास्य पदक १४४ र रजत पदक ९८ जना विद्यार्थीहरुले जित्न सफल भएका थिए । खेलकुद कार्यक्रममा एक दर्जनबढी विभिन्न खेलहरु रहेको स्कूलका इन्चार्ज बिपिन यादवले जानकारी दिए । उक्त स्पोर्ट्स मिटमा १ सय मिटर दौड, २ सय मिटर दौड,४ सय मिटर दौड , ज्याभ्लिङ थ्रो, म्यूजिकल चियर, सटपुट, रिले रेस, फूटबल , भलिबल, टेवलटेनिस, गणित दौड गायतको खेलहरु समावेश गरिएको स्कूलका इन्चार्ज बिपिन यादवले बताए । यस्तो कार्यक्रमले पढाईसँगै विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने उनले बताए ।

सम्बन्धित समाचार

पाँचौ मिल्स गोल्डकप : बिहारलाई हराउँदै टिएफसी सेमिफाइलनमा

विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई...

सुनवर्षी महराजथान आस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल

विराटनगर । मोरङ क्षेत्र नम्बर २ का संघीय सांसद ऋषिकेश पोखरेलले सुनवर्षी महाराजथान अस्थाको धरोहर भएकाले यसको चौतर्फी विकासमा लागि पर्ने बताएका छन् । रतुवामाई–५ स्थित सुनवर्षी महाराजथान पोखरी परिसरमा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत...

नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार...

मिस कोशीको बिजेतासहित रनरअपहरूलाई सम्मान

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ ।जय मिडिया म्यानेजमेन्ट प्रालिले बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा मिस कोशीका बिजेता सुनसरी इटहरी...

एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर, २२ फागुन । सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस...

लकडाउन उल्लंघन गर्ने ७३६ मानिस र २३ सय सवारी साधन कारबाहीमा

विराटनगर, ८ बैशाख-लकडाउनको हालसम्मको अवधिमा मोरङमा ७ सय ३६ मानिस र २ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्दै अटेर गरी सडकमा निस्कने व्यक्ति र सवारीसाधन कारबाहीमा परेका हुन् । कोराना महामारीबाट...

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु हुने भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र...

लकडाउन मोडालिटीबारे विज्ञसँग प्रधानमन्त्रीले थाले परामर्श

काठमाडौं, २१ जेठ-जिल्ला-जिल्लाबाट व्यवसायीले लकडाउनको अवज्ञा गर्ने चेतावनी दिएसँगै सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी लागू गर्ने कार्यमा छलफल सुरु गरेको छ । मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले निजी क्षेत्रसँग परामर्श गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्