विराटनगर । महानगरस्तरीय कबडी प्रतियोगिता विराटनगरमा सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा मंगलबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा वडा नम्बर १४ विजयी भएको छ । वडा नम्बर १४ ले वडा नम्बर २ लाई ६२– २३ ले पराजित गर्यो । सोही दिन भएको दोश्रो खेलमा वडा नम्बर १७ विजयी भएको छ । वडा नम्बर १७ ले वडा नम्बर ८ लाई ५१–४४ ले निराश बनायो । तेश्रो खेलमा वडा नम्बर ४ ले वडा नम्बर १२ लाई पराजित गर्याे । वडा नम्बर ४ ले वडा नम्बर १२ लाई ४८ –४१ को अन्तरले हरायो । अन्तिम खेलमा वडा नम्बर १६ ले वडा नम्बर ७ लाई पराजित गरेको छ । वडा नम्बर १६ ले वडा नम्बर ७ लाई ५३–१६ को अन्तरले पराजित गर्यो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार रुपैयाँसहित सिल्ड तथा प्रमाणपत्र र दोश्रो हुनेलाई ३१ र तेश्रो हुने दुई टिमलाई ११ हजार नगद पुरस्कारसहित शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने पराजित गरेको खेल संयोजक हमिद आजादले बताए । यो प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य विनोद ढकालले खेलकुदको विकासमा स्थानीय सरकारले ध्यान दिनु पर्ने बताए । उनले सम्भावना बोकेको खेलका रुपमा रहेको कबडीलाई सरकारले विषेश ध्यान दिनु पर्ने धारणा राखे । युवाहरुलाई अनुशासित बनाउन र स्वस्थ्य राख्न खेलकुदको महत्व रहेको चर्चा गर्दै नेता ढकालले खेल क्षेत्रमा लाग्न युवाहरुलाई प्रेरित गर्ने गरीको नीति राज्यले लिनु पर्ने बताए । कार्यक्रममा बोल्दै नेकपा एमाले विराटनगरका नेता सागर थापाले नेकपा एमालेले खेलकुदको विकासमा विषेश ध्यान दिइरहेको बताए । उनले खेलाडी युवाहरुले खेल खेलेरै जीविकोपार्जन हुन सक्ने आधार बनाउनु पर्नेमा जोड दिए । खेल खेलेर जीवन धान्न सक्छु भन्ने नभएकै कारण खेलाडीहरु पलायन भइरहेको भन्दै उनले त्यसलाई रोक्न हरेक खेलका गतिविधिहरु नियमित रुपमा हुनु पर्नेमा जोड दिए । अघिल्लो वर्ष पनि मदन भण्डारी स्पोटर््स एकेडेमीले महानगरस्तरीय कबडी प्रतियोगिताको आयोजना गरेको र यसलाई निरन्तरता दिने एकेडेमी विराटनगर अध्यक्ष गोपाल झाले जानकारी दिए ।
विराटनगर । पढाइ सकिएलगतै रोजगारी सुनिश्चित हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको...
विराटनगर । विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।बुधवार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो । विराट व्यापार...
मोरङ —संरक्षित वन्यजन्तुमा पर्ने लगभग एक किलोग्रामतौल भएका १२ वटा सुन गोहोरोसहित एक जनालाई प्रहरीले मोरङको सीमावर्ती क्षेत्रमा पक्राउ गरेको छ। संरक्षित वन्यजन्तुको सूचीमा रहेको यसको निकासी पैठारीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना...
विराटनगर । प्रेस युनियन मोरङका सचिव तथा नेपाल पत्रकार महासंघ मोरङका जिल्ला कार्यसमिति सदस्य गोपाल पोखरेल सम्मानित भएका छन् । लिवर्टी नेपालको सातौं वार्षीक सधारणसभा तथा दशैंको सुभकामना आदानप्रदान कार्यक्रमका पोखरेले सम्मानित भएका हुन् ।सम्मानित...
पोखरा, जेठ २५-गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना संक्रमणको रोकथाम र...
एजेन्सी, १ असोज-अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको...
विराटनगर, २२ फागुन । मोरङ ग्रामथान गाऊपालिका -४ २५ बर्षीय धिरज माझी स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे कटहरी -७ तकिया चोक स्थितमा प्र१-०२-०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक...
विराटनगर, १० भदौ-राटनगरको न्यूरो अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३१ साउनमा अस्पताल भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ११ बजेतिर मृत्यु भएको हो । टाउकोको नशा सुकेर प्यारालाइसिसको...