एनसीडिए कोशी प्रदेशको निर्वाचन : काफ्ले र बरालको समूह चुनावी मैदानमा

 न्यूज विराट
एनसीडिए कोशी प्रदेशको निर्वाचन : काफ्ले र बरालको समूह चुनावी मैदानमा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी मैदानमा उत्रिएका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
विराटनगरको एपोलो फार्मेशीको संचालक तथा यसअघि काफ्ले संघको खुद्रा उपाध्यक्ष रहेका थिए भने बराल विर्तामोडको ओसन मेडिकियर प्रालिका संचालक तथा यसअघि संघका वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
काफ्लेको समूहबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मी प्रसाद तिम्सिना र बरालको समूहबाट सूर्य प्रसाद कोइरालाले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तिम्सिना यसअिघ औषधी व्यवसायी संघ मोरङका निर्वतमान अध्यक्ष समेत हुन् । त्यसैगरी थोक उपाध्यक्षमा काफ्ले समूहबाट सुदिनध्वज श्रेष्ठले र बरामलको समूहबाट खेमराज बस्नेतले उम्मेदवारी दिएका छन् । महासचिबवमा लक्ष्मण माझी चौधरी र रविन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट महासचिबमा उम्मेदवारी दिएका चौधरी एनसीडिए तत्कालिन कोशीका पुर्व अध्यक्ष हुन् । त्यस्तै उपकोषाध्यक्षमा सेवक दाहाल र पुष्पराज पोखरेलको उम्मेदवारी परेको छ ।

उपाध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित
एनसीडिए कोशी प्रदेशको खुद्राका उपाध्यक्ष दिलिप सुवेदीसहित १२ जना निर्वाचित निर्वाचित भएका छन् । मंगलबार भएको उम्मेदवारी दर्तामा खुद्रा उपाध्यक्षमा सुवेदीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुन भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा प्रभात कुमार श्रेष्ठ, सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै थोक सदस्यमा शरद गौतम, खेमलाल काफ्ले, खुद्रा सदस्यमा याम कुमार खड्का, बेद बहादुर थापा, खुल्ला सदस्यहरुमा सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

डिजेल र पेट्रोलको पूर्वाधार कर १० रुपैयाँले घट्यो

काठमाडौं  । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘हामीले १०-१० रुपैयाले घटाएर उद्योग...

आज १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज-मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ९१ को पीसीआर गर्दा आज १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो...

एउटा घरमा आगो लगाएर अर्के घरमा चोरी

विराटनगर, ३० माघ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको गरेको छ । बिहीबार राती अज्ञात समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो लगाई उनको छिमेकी कृष्ण विशङ्खेको...

विराटनगरको कोसी अस्पतालमा नक्कली डाक्टर बनेर विरामी परिक्षण गर्ने एक जना पक्राउ

विराटनगर, १ भदौ । विराटनगरमा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर ६ सरौचियाका ३८ वर्षिय अमृत बानिया रहेका छन् । उनले सोमबार राती मदिरा सेवन गरेर नक्कली डाक्टर बनि कोसी अस्पतालको...

डिग्री क्याम्पसको प्रयोगशालाबाट उपकरण चोरी आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको प्रयोगशालाबाट विभिन्न उपकरण चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, सोही ठाउँका बर्ष २२ का प्रमोद...

विराटनगरबाटै लाइसेन्स लिन सकिने

विराटनगर । विराटनगरबाट पनि अब सवारी चालक लाइसेन्स लिन सकिने भएको छ। सोमबार मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरेर सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले यो प्रबन्ध गरेको जानकारी दिए। हालसम्म प्रदेश १ मा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा २० महिलालाई सिलाई मेशिन वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न समुदायका २० जना महिलालाई तीन महिने सिलाई कटाई तालिम दिएर मेशिन वितरण गरेको छ । विपन्न परिवारका महिलाहरुलाई शिप सिकाएर स्वरोजगार बनाउदै आर्थिकरुपमा सवल बनाउन तीन महिने...

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं, १७ असार-नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान ९ बजे शहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको ३ वटा भल्ब ब्लक भएपछि छन्त्यालकाे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्