सवारी चालक तथा सह– चालकको स्वास्थ्य परीक्षण, लापसे गर्ने ११ जना भेटिए
मङ्गलबार, २३ पुष, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका – ४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । सवारी दुर्घटना रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त कार्यक्रम मंगलबार आयोजना गरेको हो ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीको प्रमुख आथित्यता तथा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा ५० जना सडक प्रयोगकर्ता ९३ जना चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । शिविरमा गरिएको परीक्षणमा ११ जना सवारीका चालकहरुले लागू पद्धार्थ सेवन (लापसे ) गरेको पाईएकोले प्रहरी निरीक्षक लम्सालले बताए । लागूऔषध खाएर सवारी चालाउने चालकलाई आवश्यक कारवाहीको लागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । सवारी दुर्घटना रोकथाम र नियन्त्रणको लागि यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘पछिल्लो समय लापसे गरेर पनि सवारी साधनहरु चलाएको पाइएको छ । तेही भएर हामीले यस्तो कार्यक्रम गरिएको हो । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको सवारी दुर्घटना न्यूनिकरण र रोकथाम गर्नु हो,’ ट्राफिक प्रहरी निरीक्षक लम्सालले भने ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै कोशी प्रहरी कार्यालय विराटनगरका डिआइजी राजन अधिकारीले सवारी दुर्घटनाको रोकथाम र नियन्त्रणमा सबैको साथ सहयोगको खाचो रहेको बताए । ‘सवारी साधन हाम्रो दिनचर्यालाई सहज बनाउन अति आवश्यक रहेको छ । तर सवारी साधनबाट हुने दुर्घटना हाम्रो सामु ठुलो चुनौतीकोरुपमा रहेको छ,’ डिआइजी अधिकारीले भने, ‘ यस्ता विविध कारणबाट हुने सवारी दुर्घटनाहरु मध्ये सवै भन्दा बढी चालकको लापर्वाहीको कारणबाट भएको तथ्यांकले देखाउछ । ति मध्ये कतिपय दुर्घटनाहरु चालकहरुको स्वास्थ्य अवस्था कमजोर भएर पनि हुने गरेको कारण एउटा स्वस्थ्य चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ भन्ने उद्धेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।’
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सडक सुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनिकरणमा सबै सचेत भएर लागि परेमात्रै सम्भव हुने बताए । स्वास्थ्य शिविरमा विराट टिचिङ हस्पिटलका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य जाँच गरेर चिकित्सकले सिफारिस गरेको औषधीहरु नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क वितरण गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बुढिगंगा गाउँपालिका तथा बिराट टिचिङ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे, बिभिन्न सुरक्षा निकायका प्रमुखहरु स्थानिय जनप्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
एजेन्सी, साउन २४-भारतमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको संख्या १८ पुगेको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरू कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा...
विराटनगर । नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेश गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी कराते डो संघ गठन गरेको हो । नेपाल वादोरियो कराते डो संघ कोशी प्रदेशको अध्यक्षमा राजन...
काठमाडाैं, १३ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन् । फेसबुकमा नक्कली आइडी बनाएर ‘कसैले बदनाम गर्न खोजेको’...
काठमाडौं, २८ साउन-नेपाल राष्ट्र बैंकका १ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो । सोही विभागमा कार्यरत एक कर्मचारीले एक जनामा कोरोना...
रतुवामाई, बैशाख १६-मोरङको रतुवामाई नगरपालिकाले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका एक सय ९४ जना नगरवासीकोे उद्धार गरेको छ । काठमाडौँबाट गाउँ फर्कन चाहनेहरुलाई मंगलबार पाँचवटा बसको व्यवस्था गरी नगरपालिकाले उद्धार गरेको हो । रतुवामाई नगरपालिकाका...
विराटनगर, १७ साउन-प्रदेश १ मा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार झापाको विर्तामोडका १ पुरुष र १ महिला तथा इलामका १७ पुरुषमा कोरोना...
विराटनगर, माघ २४–सुनसरीको दुहवीकी एक महिलाको हत्या गरी विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुघारीमा फालेको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहवी नगरपालिका–६ कालि मन्दिरनजिकै बस्दै आएकी ३२ वर्षीया सम्झना खत्री परियारको शव हत्या गरी...