प्याब्सन मोरङको निर्वाचन : बस्नेत र सुवेदीको समूह चुनावी मैदानमा

 न्यूज विराट
प्याब्सन मोरङको निर्वाचन  : बस्नेत र सुवेदीको समूह चुनावी मैदानमा

विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा दुइ समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगत बहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका सुवेदी प्याब्सन मोरङका निर्वतमान उपाध्यक्ष हुन् भने बस्नेत सचिब रहेका थिए ।
सोमबार भएको मनोनय दर्तामा सुवेदीको समूहबाट वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी, उपाध्यक्षमा भुपाल बस्नेत, सचिबमा देवि सिटौला, कोषाध्यक्षमा नगेन्द्र प्रसाद ढकाल (बिकेक), सहसचिबमा दिपेन्द्र राई , सहकोषाध्यक्षमा केदार पौडेल रहेका छन् ।
त्यसैगरी बस्नेतको समूहबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्र कडेल, उपाध्यक्षमा विष्णु डंगोल, सचिबमा विकर्ण कार्की, कोषाध्यक्षमा मणीराज भट्टराई, सहसचिबमा मनोज रेग्मी र सह कोषाध्यक्षमा जितेन्द्र कुमार दासले उम्मेदवारी दिएका छन् ।
भुगोल सदस्यमा हिरा बहादुर मगर र अमिस रेग्मीले उम्मेदवारी दिएका छन् । त्यसैगरी भुगोलतर्फको सदस्यहरुमा जिवन खनाल, नेत्र प्रसाद गड्तौला, खड्ग बहादुर श्रेष्ठ, हेमराज भण्डारी, गोपाल प्रसाद पाठक, तिलक राई, प्रकाश भट्टराईको उम्मेदवारी परेको छ । खुल्ला सदस्यहरुमा महेन्द्र मण्डल, नन्दलाल मण्डल, दिपक प्रसाद घिमिरे, तेज बहादुर खत्रि, राजन लम्साल, रुद थापा, इन्द्र कुमार राई, मात्रिका प्रसाद खतिवडा, कसराज राजवंशीको उम्मेदवारी परेको छ ।
महाधिवेशन प्रतिनिधीहरुमा दुर्गा प्रसाद घिमिरे, नवराज दवाडी, चण्डी प्रसाद रेग्मी, अजित कुमार भट्टराई, दिनेश पोखरेल, राम बहादुर महत, मोहन चन्द्र बस्नेत, सुवास पौडेल, गोविन्द बहादुर कार्की, कुल प्रसाद न्यौपाने, सुरेन्द्र लिम्बु, ढुण्डराज भट्टराई, नोवल किसोर खनाल, नन्द कुमार न्यौपाने, निरुप ढकालको उम्मेदवारी रहेको छ ।

बस्नेत समूहको वरिष्ठ उपाध्यक्ष विरुद्ध उजुरी
प्याब्सन मोरङको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उपेन्द्र कडेल विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । प्याब्सन निजी विद्यालयका संचालकहरु सदस्य आवद्ध रहन्छन् । कडेल मोरङको पथरीस्थित भुपु सैनक आवसीय विद्यालयमा आवद्ध रहेका छन् । उनी आवद्ध भएको विद्यालय गुढीद्धारा संचालित विद्यालय हो । तर, सो विद्यालयको गुढीको प्रमाणपत्र नभएको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो । गुढीद्धार संचालित विद्यालयको प्रमाणपत्र नभएकोले उनको उम्मेदवारी खारेजी हुनुपर्ने माग राख्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ । उजुरी उपर मंगलबार छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सपलता

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदुरपश्चिम र मधेश प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिमले कर्णाली प्रदेशलाई...

विराटनगरमा नयाँ महिला नेतृत्वको आशा : कला डाँगी विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन मंगलबार उद्घाटन भएको छ । अधिवेशनलाई लिएर नेतृत्व चयनको दौडमा उम्मेदवारहरू घोषणा भइसकेका छन्। यसपटकको अधिवेशनमा विशेष चर्चा पाएकी छन् महिला उपसचिव पदकी उम्मेदवार कला डाँगी, जसको...

विराटनगरमा लैंगिक समाज संवाद श्रृंखलाको सुरुवात

विराटनगर । विराटनगर – ९ स्थित बिराट क्याम्पस (सोम्स) मा महिला पुनर्स्थापना केन्द्र (ओरेक) को ३४औं स्थापना दिवसको अवसरमा लैंगिकता र समाज विषयक संवाद श्रृंखलाको सुरुवात गरिएको छ।क्याम्पस प्रमुख रोशन घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा...

तमोर नदीमा खसेर वृद्धको मृत्यु

विराटनगर । धनकुटा नगरपालिका ९ मूलघाटस्थित तमोर नदीको पुलबाट आइतबार बिहान एक वृद्धको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० वर्षीय हर्कबहादुर साम्पाङ रहेको प्रहरीले जनाएको छ । बिहान पौने ११ बजे पुलबाट...

खानेपानी प्लान्टको मन्त्री कार्कीद्वारा उद्घाटन

विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था 'हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट'ले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर...

पाल्पा पहिरो अपडेट : ४ सवारी पुरिए, गम्भीर घाइतेलाई मिसन अस्पताल पठाइयो

बुटवल, ८ असार-बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ वटा सवारी साधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएका छन् । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानीक ट्यांकर, ट्रक र पिकअप जिप र कार...

लकडाउनमा प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी 

काठमाडौं, २९ जेठ-गृह मन्त्रालयले लकडाउन विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो काम रोक्न अनुरोध गरेको छ । आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले लकडाउन आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण...

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु

विराटनगर । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ को उद्घाटन गर्नु भएको छ। आज विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सभामुख विष्टले फागुन १३ देखि १८ गते सम्म संचालन हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्