विराटनगर । मोरङको कटहरी गाउँपालिकाको ५ नम्बर वडा कार्यालय आफ्नै भवनबाट संचालनमा आएको छ । सो वडाको भौंडाहामा निर्माण भएको भवनको उद्घाटन भएसंगै आफ्नै भवनबाट वडा कार्यालय संचालनमा आएको हो ।
सो ठाउँमा बुधबार आयोजित कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले वडा कार्यालय भवनको उद्घाटन गरे । गाउँपालिकाको बजेटबाट निर्माण गरिएको वडा कार्यालयमा चार कोठा र शौचालय छ । भवन निर्माणका निम्ति एक करोडको लागत स्टिमेट भएपनि निर्माण ब्यवसायिले त्यो भन्दा निकै कममा ठेक्का कबोल गरेका थिए । विराटनगर १२ को बिलिभ इन्जिनियरिङ कन्सट्रक्सन प्रा.लि.ले भवनको निर्माण गरेको हो । बिलिभले ५९ लाख ६० हजारमा भवन निर्माणको ठेक्का लिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतमले जानकारी दिए ।सो अवसरमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष चौधरीले कटहरीका जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन वडास्तरमा आवश्यक वडा कार्यालय सहित स्वास्थ्य चौकी लगायतका संरचनाहरुको निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । नवनिर्मित वडा कार्यालय परिसरमा ६ कट्ठा जग्गा छ । वडा कार्यालय उद्घाटनको अवसरमा नेकपा एमालेका युवा नेता मुकेश बुढाथोकी र सुभाष सरदार सहित स्थानीयको सहभागिता थियो ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल र बहसबाटै पार्टी एकतालाई थप सृदृढ बनाउन सकिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७१औं वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै दाहालले यस्तो बताएका...
काठमाडौं, कात्तिक ६ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पानी पर्ने संभावना भने यथावत रहेको औल्याएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले...
विराटनगर, १४ असार । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मोरङको रतुवामाई स्थित उहाँको निवास परिसरमा वृक्षारोपण गरिएको छ । जननेता भण्डारीको मोरङको रतुवामाई नगरपालिका १० स्थित निवास परिसरमा नेकपा एमाले रतुवामाई नगर कमिटीको...
लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त...
महोत्तरी, २ असोज । महोत्तरीको औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र...
ललितपुर, २४ असार-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउँदै गरेको बताएकी छन् । राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको सहकारी क्षेत्रको २५ वर्षे दीर्घकालीन रणनीतिक...
विराटनगर,२९ फागुन/ नेपाली कांग्रेस मोरंगले आइतबारदेखि जिल्लाभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका...
विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विज्ञान तथा व्यवस्थापन संकायका ११ औं ब्याचको ६ सय ५० जना...