साहित्यकार हरि कट्टेलको बिलौनै बिलौना लोकार्पण

 न्यूज विराट
साहित्यकार हरि कट्टेलको बिलौनै बिलौना लोकार्पण

विराटनगर । साहित्यकार हरि कट्टेलको छन्दोबद्ध लघु काव्य बिलौनै बिलौनाको दोस्रो संस्करण लोकार्पण भएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र छन्द बाटिका नेपालद्धारा शनिबार संयुक्त रुपमा आयोजित एक कार्यक्रममा उक्त लघु काव्यको लोकार्पण गरिएको हो ।

आयोजक पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, नेपाली लेखक संघकी केन्द्रीय सदस्य निर्मला कोइराला,साहित्यकार बलराम पोखरेल, मेदनी शर्मा लगायतले सो कृतिको लोकार्पण गरे । विसं २०४५ सालमा पहिलो संस्करण प्रकाशित भएको कटेलको बिलौनै बिलौनाको दोस्रो संस्करणमा १० वटा कविता संग्रहित छन । उक्त संग्रह भित्र चन्द्र कान्ति कविता संग्रह पनि समावेश गरिएको छ । सो संग्रहमा १८ वटा कविता समावेश छन । कटेलले २०४५सालदेखि नै छन्दोबद्ध कविता लेख्दै आएका हुन । उनका अधिकांश रचना पनि छन्दमा नै लेखेको पाइन्छ ।

लोकार्पण कार्यक्रममा नेपाली लेखक संघकी केन्द्रीय सदस्य निर्मला कोइरालाले लघु काव्यमा समावेश भएका रचनाको समिक्षा गरेकी थिइन । कार्यक्रममा कटेलकी छोरी प्रज्ञा कटेल लगायतले लघुकाव्य भित्रका केहि कविता वाचन गरेका थिए । बिलौनै बिलौना कटेलको आठौं कृति हो ।

सम्बन्धित समाचार

दिव्यज्योती अस्पतद्धारा विराट बहिरा माविमा स्वास्थ्य शिविर, दुई सय बढीको स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित विराट बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको आँखा तथा कान परीक्षण गरिएको छ ।विराटनगरमा रहेको दिब्यज्योती अस्पतालले उक्त विद्यालयमा शिविरको आयोजना गर्दै अध्ययनरत विद्यार्थीहरुको आखाँ तथा कान परीक्षण गरिदिएको हो । साँकेतिक भाषाका...

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग कांग्रेसको माग

सोमबार जारी भएका अध्यादेश आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता...

केमसन मोरङको अध्यक्षमा दिनेशकुमार राउत

विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...

मकालु आधार शिविरबाट युक्रेनी नागरिकको उद्धार

संखुवासभा, २९ वैशाख-मकालु आधार शिविरको भ्रमणका क्रममा करिब एक महिनादेखि पलपत्र परेका विदेशी नागरिकको उद्दार गरिएको छ । गत २ चैतमा मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी नागरिक २६ वर्षीय आर्टेम सुहोनियाकिनको उद्दार गरिएको...

काँकडभिट्टा गइरहेको बस दुर्घटना, २० जना घाइते

काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले...

विराटनगर अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार

विराटनगर, २४ कात्तिक । विराटनगर हरिहर चोकमा बुधबार विहान एक जनामाथि खुकुरी प्रहार भएको छ । विराटनगर–८ अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार भएको हो । आज विहान साढे ८ बजेतिर काममा जाँदै गर्दा ८...

क्यानले सन्दीपमाथि तत्काल कुनै छानबिन नगर्ने

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस...

नेपाल मेडिकल कलेज तोडफोड प्रकरण : छानविन गरी दोषीलाई कारवाही गर्न प्राइभेट मेडिकल कलेजको माग

विराटनगर । नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अस्पताल तोडफोड गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गरि अभद्र व्यवहार गरिएको घटनाको निन्दा गर्दै प्रशासनले घटनाको अनुसन्धान गरी दाषीलाई कारवाही गर्न एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्