विराटनगर । नेकोस राष्ट्रिय आईटीए तेक्वान्दो संघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी अरुण राठीलाई निर्विरोध निर्वाचित भएका छन् । नाकोसको विराटनगरमा मंगलबार भएको प्रथम सम्मेलनले राठीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा सन्तोषकुमार श्रेष्ठ, सचिव ओमकुमार श्रेष्ठ, सहसचिवद्वय गोपाल पोद्दार र सुमिरा श्रेष्ठ, कोषाध्यक्ष प्रदीपकुमार कर्ण चयन भए ।
त्यस्तै सदस्यहरुमा धनबहादुर लकान्तरी, चन्द्रवती राई, प्रकाश लिङदेन, अलोक राई, अनिता सेलिङ, सजिना तामाङ, सार्थक पोखरेल, केरिसा आचार्य, जतिन ताम्राकार र बलराम गिरी निर्विरोध चयन भए । राठी यसअघि आईटीए तेक्वान्दो संघ मोरङको अध्यक्ष थिए ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिव पर्शुराम बस्नेतले खेलकुद सम्बन्धि स्पष्ट कानुन नहुँदा तीन तहका सरकारसँग समन्वय गरेर काम गर्न असहज भएको बताए ।
उनले भने, ‘प्रदेशका सबै प्रशिक्षहरुलाई स्पष्टसँग भन्ने गरेको छु, तपाईंहरु प्रशिक्षकले आफ्नो काम कर्तव्य के हो बुझ्न जरुरी छ । राम्रो खेलाडी बनाएर पदक जित्न सक्ने बनाउनु एक कुशल प्रशिक्षकको मुख्य जिम्मेवारी भन्ने बुझ्न जरुरी छ । तपाईं प्रशिक्षकहरु आफ्नो काम र आफू काम गर्ने संस्थाप्रति उत्तरदायी हुनुहुन वा बन्न सक्नुहुन्न भने राजीनामा दिनुहोस् ।’
आफू काम पनि नगर्ने गर्न खोज्नेलाई पनि नदिई ठाउँमा मात्रै ओगट्ने काम गर्न छाड्नु पर्नुपर्ने बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘प्रशिक्षकले समयअनुकूल परिवर्तन हुँदै नयाँ खेलका विधिबाट प्रशिक्षण गराउन नसक्दो सोच जस्तो नतिजा दिन सकेका छैनन् । काम गर्न नसक्ने भए राजीनामा दिए नयाँ प्रशिक्षक नियुक्त गरेर नयाँ तरिकाले प्रशिक्षणको व्यवस्था मिलाइन्छ ।’
‘कतिपय प्रशिक्षकहरु प्रशिक्षण त होइन दैनिक हाजिर गर्न समेत जानु सक्नुहुन्न । उहाँहरुले सम्मानका साथ राजीनामा दिए हुन्छ । कसै कसैले एक महिनाको हाजिर एकै पटक गर्ने गरेको पाइएको छ । उहाँहरुलाई स्पष्ट भनेको छु बानी सुधार्नु होस्’, बस्नेतले भने ।
प्रदेश सरकारले खेलकुदलाई बुझेकै कारण १० औं राष्ट्रिय खेलकुदका लागि १० करोड रुपैयाँ छुट्याएको बस्नेतले प्रष्ट पारे ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले खेलकुद क्षेत्रका विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । प्रयाप्त बजेट खेलकुद क्षेत्रमा विनायोजन नगरेको कारणले यस क्षेत्रको विकास हुन नसकेको उनले बताए । विराटनगर वडा नम्बर ४ का वडाध्यक्ष जितेन थापालगायतले सम्मेलनको सफलताको शुभकामना दिँदै नयाँ कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिए ।
काठमाडौं, ७ भदौ-गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम...
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई नेपाली कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न...
सुर्खेत, २८ जेठ-कालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा २२ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान ३९ जना सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । उक्त घटनामा...
काठमाडौं, ६ जेठ-कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका सुरक्षाकर्मी नै उच्च जोखिममा रहेका छन् । सोमबारसम्ममा ४ वटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी ९ जना सुरक्षाकर्मीमा कोरोना...
काठमाडौं । नेपाल आयल निगमले मट्टितेल र डिजेलमा मूल्य वृद्धि गरेको छ । आज इन्डियल आयल कर्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जारी विज्ञप्ति...
एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि...
विराटनगर । जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलल र अरिहन्त स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगरमा सोमबार आयोजना गरिएको प्रतियोगिताको...