विराटनगर म्यूजिक फेस्टिबलको तयारी तिव्र, अनलाइनबाट पनि टिकट काटन मिल्ने
आइतबार, ०४ कार्तिक, २०८१,
न्यूज विराट
विराटनगर । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी तिव्र रुपमा अगाडी बढेको छ । उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक एवम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्ड स्वप्न सुमन र एस्टर्स पूर्ण राई मुख्य आकर्षण रहेका छन् । उनीहरुको दमकेदार प्रस्तुती हुनेछ । कार्यक्रममा फुट स्टल पनि रहने संयोजक स्यान्ट्रोले बताए । यस पटकको म्युजिक फेस्टिबल फरक तरिकाले नयाँपन दिने गरी तयारी गरिएको उनले बताए । ‘संगीतप्रेमी दर्शक स्रोताहरुको लागि अनलाइनबाट पनि टिकट काटने व्यवस्था हामीले मिलाएका छौं,’ उनले भने, ‘त्यसको लागि मोवाइलमा आइएमबी एप डाउनलोट गरेर म्यूजिक फेस्टिबलको टिकट लिन सकिनेछ । त्यस बालेक पनि विराटनगरको २० भन्दा बढी स्थानमा टिकट पाइन्छ ।’ फेस्टिबल सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च हुने उनले बताए ।
‘यसअघि दुई पटक सफलता पुर्वक म्यूजिक फेस्टिबल सम्पन्न भएको छ । विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीगितक कार्यक्रम हो,’ संयोजक स्यान्ट्रोले भने, ‘यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य हुनेछ ।’ फेस्टिबललाई मनोरञ्जन दिन अन्तर्राष्ट्रिय स्तरको साउन्ड सिस्टम, स्टेज र लाइटको प्रयोग गरिने उनले बताए । यस्तो फेस्टिबलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको संयोजक स्यान्ट्रोले बताए । म्यूजिक फेस्टिबलमा स्थानीय कलाकाराहरुको पनि प्रस्तुती हुनेछ । फेस्टिबल हेर्नको लागि आयोजकले २ सय रुपैयाँ टिकट राखेको छ ।
काठमाडौं, ८ असोज । राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेश र सोही अध्यादेशका आधारमा दर्ता भएको नेकपा एसको दल दर्ता बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।...
काठमाडाैं, २८ भदौ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण शुल्क दुई हजार रूपैयाँ तोकेको छ । मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अब सबै प्रयोगशालाले पीसीआर परीक्षणको अधिकतम...
विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथसमेत लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट...
राजविराज, ३ वैशाख-सप्तरीका २ स्थानीय तह सिल गरिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा २ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका शील गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको...
काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार...
विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान सुरू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट निमुवाको...
विराटनगर, ११ माघ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । आज थप सात जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...