विराटनगर । सुनसरी इटहरीको राइजिङ भेट्रान्स क्लब प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा बिहीबार भएको खेलमा ढल्केजोवन भेट्रान प्रकाशपुरलाई ४–३गोलले टाइब्रेकरमा हराउँदै राइजिङ भेट्रान क्बल सेमिफाइलनमा पुगेको हो ।
निर्धारित समयसम्म १– १ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।
खेलको प्लेर अफ द म्याच राइजिङ भेट्रानका गोलकिपर राजकुमार बिश्वकर्मा घोषित भए । उनले नगद १ हजार पाए ।
शुक्रबारको खेल सुन्दरहरैचना भेट्रान र बोरावन भेट्रान बेलबारीबीच हुने टाईगर क्लव ग्रामथानका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए ।