
अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो
काठमाडौं, २८ असार । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।...
विराटनगर । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको भरोसा जित्दै अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा कोषलाई स्थापित गर्नेतर्फ अगाडी बढनुपर्ने बताएका छन् । विराटनगरमा सोमबार भएको कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव समारोहमा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागिहरुले सञ्चयकर्ता तथा योगदानकर्ताको योगदान रकमको कुशल व्यवस्थापन तथा परिचालन, प्राप्त प्रतिफलको न्यायोचित वितरण र सेवा प्रवाहमा समेत गुणात्मक सुधार गर्दै सेवाग्राहीको हित र सन्तुष्टिप्रति कोष परिवार सदैव क्रियाशील हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरका प्रमुख राम शरण अर्यालले सञ्चय कोषले निजामति, जंगी र प्रहरी सेवातर्फका कर्मचारीहरुका साथै शिक्षक, सार्वजनिक संस्थान तथा नीजि प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ५ लाख ७५ हजार भन्दा बढी नियमित सञ्चयकर्ताको करिव ६ खर्ब बराबरको सञ्चय कोष रकम व्यवस्थापन गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको बताए । स्थापना कालदेखि सञ्चय कोषको मात्र व्यवस्थापन गर्दै आएको कर्मचारी सञ्चय कोषले २०७६ साल यता निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम योगदानमा आधारित निवृत्तभरण कोषको समेत व्यवस्थापन गर्दै आइरहेको उनले बताए ।
२०७६ साउनदेखि नयाँ नियुक्त भएका नेपाल सरकारको निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाल विशेष सेवाका करिब ८० हजार ४ सय योगदानकर्ता कर्मचारीहरुको निवृत्तभरण कोषको समुचित व्यवस्थापन गरिरहेको उनको भनाई छ ।
‘सञ्चय कोष प्रणाली सामाजिक सुरक्षाको प्रारम्भिक चरण हो भने योगदानमा आधारित निवृतभरण प्रणाली विश्वव्यापी अवधारणा हो । रोजगारदाता र कर्मचारीको संयुक्त योगदानमा आधारित यी अवधारणा अनुसार व्यवस्थापन गरिएका योजना मध्ये सञ्चय कोष अवकाश पश्चात् एकमुष्ट प्रदान गरिन्छ,’ उनले भने, ‘निवृत्तभरण आजीवन दिइन्छ ।’ सामाजिक सुरक्षाको यो परम्परागत अवधारणासगै थपिएको नयाँ जिम्मेवारीलाई सामाजिक सुरक्षाको आधुनिक अवधारणासँग तादम्यता हुने गरी एकीकृत सामाजिक सुरक्षा प्रणालीमा स्तरोन्नति गर्ने कोषको योजना रहेको छ ।
प्रभावकारी र गुणस्तरीय सेवाका लागि सञ्चयकर्ताको तथ्याङ्क डिजिटल स्वरुपमा सङ्कलन गर्ने कार्य अन्तर्गत अवकाश प्राप्त समेत ७ लाख ८८ हजार सञ्चयकर्ताको विवरण अद्यावधिक गरिएको उनले बताए । २९ हजार ५ सय सञ्चयकर्ता कार्यालयको केवाइसि अद्यावधिक गरिएको छ । करिब ९७ प्रतिशत नियमित सञ्चयकर्तालाई ई–सर्भिस सेवा उपलब्ध गराउँदै आएको बताइएको छ । कर्मचारी सञ्चय कोषको शाखा कार्यालय झापाको बिर्तामोडमा पनि बिस्तारको अन्तिम तयारिमा रहेको छ ।
कार्यक्रममा बोल्दै कोशि प्रदेशका प्रमुख सचिब केदारनाथ शर्माले सञ्चय कोषले गुणत्माक सुधार गरेर कर्मचारीको मन जित्नुपर्ने बताए ।
विराटनगर महानगरपालिकाका कार्यकारि अधिकृत राजेन्द्रप्रसाद पराजुलीले संचय कोषले कमर्चारिलाइ सहजता प्रदान गरिनुपर्नेमा जोड दिए । उनले योगदानमा आधरित संचय कोषले आम्दानि गर्न नसक्ने अवस्थामा सहयोग पुर्याउन ठुलो सहयोग पुर्याएको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले नीति निमार्णमा थप सुधार गरेर कोषलाई प्रभावकारी सेवा प्रभाहमा सहजता प्रदान गरिनुपर्ने बताए ।
काठमाडौं, २८ असार । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।...
काठमाडौं, २७ वैशाख-सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको जनाएका छन् । शनिबार अवेर विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् । नेपालको भूमि लिपुलेकमा बनाइएको सडक भारतीय...
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर...
विराटनगर । नेवार सामुदायका लाखे नाच पर्व लाई मर्यादित र ब्यबस्थित बनाउन १३ बुद्धे आचर संहिता लागू बनाएर लागू गरिएको छ ।भी पुचः बिराटनगर, नेवा ः दे दबु मोरङ , बिराट नेवाः पुच , रानी...
विराटनगर, २६ जेठ । बजेटले स्वदेशी उद्योगहरु धारासायी हुने अवस्थामा पुग्ने भन्दै आन्दोलित बनेका पूर्वका उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनद्र्धन शर्मामाले काठमाडौं बोलाएका छन् । अर्थमन्त्री शर्माले मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग...
विराटनगर, ३० बैशाख । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गरेको छ । बिहीबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग...
विराटनगर । जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई साइवर अपराध सम्बन्धी दुई दिने तालिम दिएको छ । प्रविधिमा आएको विकासका कारण पछिल्लो समयमा बढ्दै गएको साइवर अपराधबाट विद्यार्थी...
विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५ सय...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.