चोरीको पेट्रोलिय पदार्थ महासचिब कार्कीको पम्पमा : संचालक रुद्रा कार्की सम्र्पकविहीन, ट्याङकर चालक प्रहरी नियन्त्रणमा
आइतबार, ३० भदौ, २०८१,
न्यूज विराट
विराटनगर । चोरीको पेट्रोलिय पदार्थ पेट्रोलिय डिलर्स एसोसेसन कोशीको महासचिब रूद्र कार्कीले संचालन गरेको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित राउल एण्ड निसम पेट्रोल पम्पले खरिद गरेको पाइएको छ । ट्याङक चालकसँग मिलेर उक्त पेट्रोल पम्पले चोरीको डिजेल खरिद गरेको पाइएको हो ।
आयल निगमबाट निस्किएको को १ ख ७६६८ नम्बरको ट्याङक चालकले राउल एण्ड निसम पेट्रोल पम्पमा चोरी गरेर पेट्रोलिय पदार्थ रातीको समयमा विक्री वितरण गर्ने गरेको सूचना संचारकर्मीहरुलाई आएको थियो । बिहीबार राती ८ बजे सो पेट्रोल पम्पमा संचारकर्र्मीसहित प्रहरीको टोली पुग्दा ट्याङकर चालक उर्लाबारीको झारसाधी घर भएका २९ वर्षीय सवर्ण माझिले राउल एण्ड निसम पेट्रोल पम्पमा डिजेल अनलोड गरेर निस्किए । त्यसपछि प्रहरीले उक्त ट्याङकर नियन्त्रणमा लिएर नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरका प्रमुख नवविनोद पोखरेललाई खबर गयो । निगमका सहायक प्रबन्धक सन्जय दाहालसहितको प्राविधिकले टोलीले परीक्षण गर्दा ६५८ लिटर डिजेल ट्याक्टरको तीन नम्बर च्याम्बरबाट झिकेर राउल एण्ड निसम पेट्रोल पम्पमा विक्री गरेको पाइएको छ ।
‘पाँच वटा च्याम्बर भएको ट्याङकर डिपोबाट दिउँसो चेक गरेर पठाउँदा एउटा च्याम्बरमा १४०.३ सेन्टिमिटर डिजेल थियो । तीन नम्बर चेम्पर परीक्षण गर्दा ११७.२ सेन्टिमिटर आयो । १४०.३ सेन्टिमिटर तेल हुनुपर्ने हो । ३ नम्बर च्याम्बरबाट २३ सेन्टिमिटर अर्थात ६५८ लिटर तेल हराएको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङमा शुक्रबार परीक्षण गरेपछि निगमको सहायक प्रबन्धक कार्कीले भने ।
प्रहरीको अनुसार बुढीगंगा गाउँपालिका ३ स्थित दुगड एक्स्पाइसेजमा आयल निगमले पठाएको तेल चोरी भएको बताएको छ । आयल निगमबाट बिहीबार दिउँसो पाँच वटा पेट्रोल पम्पको पेट्रोलियम पदार्थ बोकेर ढालिवाल रोडलाइन्स नाममा रहेको ट्याङकरले बोकेर हिडेको थियो । जसमा दुहबीको पाथिभारा पेट्रोल पम्प, बाँसवारीको एसिया फ्यिुल, विराटनगरको डिविजया पेट्रोल पम्प, झोराहाटको न्यू कान्तिपुर पेट्रोल पम्प र दुगड एक्स्पाइसेजको डिजेल पम्पसम्म पुर्याउनुपर्ने थियो । एसिया, डिविजया र कान्तिपुरको पेट्रोलपमा डिजेल पुर्याएपछि ६५८ लिटर डिजेल ट्याङकरको ३ नम्बर च्याम्बरबाट झिकेको पाइएको हो । दुहबीको पाथिभारा पेट्रोल पम्पमा पठाएको तेलको च्याम्बरको परिमाण ठिक भएपनि दुगडमा पठाएको च्याम्बरबाट तेल चोरी भएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले बताए । चालकलाई नियन्त्रणमा लिएर मुद्दाको प्रक्रिया अगाडी बढेको उनले बताए । ‘अहिले चालक मात्रै नियन्त्रणमा रहेका छन् । थप अनुसन्धानपछि पेट्रोलिय पदार्थ खरिद गर्नेलाई पनि कारवाहीको दायरमा ल्याउनेछौं,’ उनले भने, ‘चोरीमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढनेछ ।’
पेट्रोल पम्प संचालक कार्कीलाई पनि प्रहरीले तेल मापन गर्ने समयमा खबर गरेको थियो । एकछिनमा आउछु भनेको कार्की पछि मोवाइल आफ गरेर सम्र्पकविहनी भएको प्रहरीले जनाएको छ । यता नेपाल आयल निगम कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख नवविनोद पोखरेलले ढुवानीकर्ताले सम्बन्धी पम्पसम्म नपुर्याइ बिच बाटोबाट पेट्रोलिय पद्धार्थ निकालेको पाएपछि यस घटनाको अनुसन्धान प्रहरीले गर्ने बताए । ‘प्रहरीले गरेको अनुसन्धानपछि चोरी देखिए प्रहरीले कारवाहीको प्रक्रिया अगाडी बढाउने हो । अन्य केही भए हामीलाई पत्र पठाएपछि थप प्रक्रिया हामी पर्ने गर्नेछौ,’ उनले भने । महासचिव कार्कीले संचालन गरेको पेट्रोल पम्पले यसरी नै अयन्त्र पठाएको पम्पको पेट्रोलिय पदार्थ चालकसँग मिलेर खरिद गर्ने गरेको स्रोतको दाबी छ । यसअघि पनि पटक पटक उक्त पम्पले चोरीको पेट्रोलिय पदार्थ खरिद गरेका थिए ।
विराटनगर, माघ २८साथीबीच भएको विवादपछि छुरा प्रहार गर्ने धरानका तीन जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । धरान–२० स्थित एन्जल मार्गमा धरान–१६ निवासी सुजन मगरलाई छुरा प्रहार गर्ने विकास साह, इश्वर राई र सागर खड्कालाई...
विराटनगर, चैत १०–प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा भोलिदेखि आकस्मिक र फिवर सेवा वाहेकका अन्य सवै सेवा बन्द रहने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन को...
विराटनगर, ९ साउन–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । सामाजिक विकास मन्त्रालयले...
रोजगारीका लागि भारत गएका नेपाली कोरोना संक्रमणकाे त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमा नाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम...
विराटनगर, ९ फागुन । मोरङको सुन्दरहरैँचामा नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको नगर कमिटी गठन भएको छ । सोमबार नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डीतको प्रमुख आतिथ्यतामा सम्पन्न...
जनकपुर, १ साउन-सिरहाको कल्याणपुर नगरपालिकाको मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डलले ५ लाख रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् । मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले लहान नगरपालिका २२ स्थित एक निर्माणधीन पेट्रोल पम्पबाट...
काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोना...
मस्को, जेठ १८–रुसमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार रुसमा आइतबार दिउँसो सम्ममा रुसमा कुल संक्रमितको संख्या ४ लाख ५ हजार ८ सय ४३ पुगेको हो । रुसमा पछिल्लो २४...