पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसन दोस्रो दिन पनि जारी

 न्यूज विराट
पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसन दोस्रो दिन पनि जारी

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशन दोस्रो दिन बुधबार पनि जारी छ । विभिन्न ९ बुद्धे माग राख्दै विराटनगरको देवकोटा चोकमा उनी अनशनमा बसेका छन् । अनशनस्थलमा केही समर्थकहरु पनि छन् ।
प्रदेशसभा सचिवालयको गेटअगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिरनजिक निषेधित क्षेत्रभित्र मंगलबार दिउँसो ४ बजेबाट आमरण अनशन सुरु गरेका कार्कीलाई राति प्रहरीले हटाएको थियो ।

नियन्त्रणमा लिएर प्रहरीले उनलाई बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित घरमा लगेर छाडेको थियो । पछि फर्किएर आएका उनले निषेधित क्षेत्रभन्दा बाहिर अनशन सुरु गरेका थिए ।

निषेधित क्षेत्रको अनशन हटाउने क्रममा कार्कीका समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । त्यस क्रममा नियन्त्रणमा लिइएका १५ जना समर्थकलाई प्रहरीले राति नै छाडिदिएको छ ।

निषेधित क्षेत्रबाट हट्नका लागि ‘माइकिङ’ गरेर आग्रह गर्दा पनि नमानेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । अहिले पनि अनशनस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कार्कीको अनशनमा नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षधर प्रदेश सांसद तथा नेता कार्यकर्ताले साथ दिएका थिए । कार्कीको अनशनलाई लक्षित गरेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा लगाइएका स्थानमा मंगलबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सभा, जुलुस, भेला, र्याली, धर्ना, प्रदर्शनीलगायतका विरोधजन्य कार्य गर्न रोक लगाइयो । सर्वसाधारण तथा सवारीसाधन आवतजावतमा भने रोक लगाइएको थिएन ।

विराटनगरलाई केन्द्रविन्दु बनाई हुनसक्ने अनशनलगायत विरोधका कार्यक्रमलगायतका गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै स्थितिलाई सहज एवं सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समिति मोरङको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएको थियो ।

कार्कीले विशिष्टीकृत सेवासहित १० वर्षमुनिका बालबालिकाकाको निःशुल्क उपचार कार्यक्रमलाई नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र संचालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग राखेका हुन् ।

सम्बन्धित समाचार

गतहप्ता मर्ज भएको लेटाङको जनाचाहाना सहकारीको कारोवार सुरु

विराटनगर, १२ माघ । गत हप्ता मात्र एकीकृत भएको मोरङको लेटाङ नगरपालिकामा रहेको जनाचाहाना बचत तथा ऋण सहकारी संस्थाले आजबाट एक कार्यक्रमका बिच औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथी विघटित प्रतिनिधी...

अत्याधुनिक भवनबाट न्यूरो हस्पिटलको सुपरस्पेशियालिटी सेवा, १.५ टेस्लाको एमआरआई सुचारु

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विरामीलाई सुपरस्पेशियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न ६ तलाको भवनबाट सेवा सुरू गरेको छ । अत्याधुनिक उपकरणहरू जडान गरेर न्यूरोले नयाँ बनेको भवनबाट विरामीलाई सुपरस्पेशियालिटी सेवा सुरु गरेको...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन

विराटनगर १ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

शहीदहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबै लागौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले शहीदले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबै मिलेर अघि बढ्नु पर्ने बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले शहीदहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई लाग्नु...

नेकपा सचिवालय बैठकमा चर्काचर्की, ओली बाहिरिए

काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठकमा चर्काचर्की भएको छ । चर्काचर्की भएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठकबाट बाहिरिएका छन् । बैठकमा नेताहरूबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली शयनकक्षतर्फ लागेको...

हत्यामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी पक्राउ

भोजपुर—भोजपुर र खोटाङमा हत्या घटनामा संलग्न र घटना मिलाउन खोज्ने सहयोगी लाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वर ओडारे टोलस्थित चम्पिरा भीरमा ०७४ माघ २७ मा मृत भेटिएका पूर्णबहादुर सुयलको हत्यामा संलग्न भनिएका व्यक्ति...

धरानबाट उडेको प्याराग्लाडीङ दुर्घटना

विराटनगर, १ कात्तिक । रानबाट उढेको प्याराग्लाइडिङ सप्तकोशी नदीमा दुर्घटना भएको छ । धरान–४ स्थित बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ उदयपुरको सप्तकोशी किनारास्थित लाहुरेखोँचमा दुर्घटना भएको हो । अचानक वर्षातसँगै आएको हावाहुरीले प्याराग्लाइडिङ उडाएर सप्तकोशीको लाहुरेखोँच...

नेपालले भारतलाई पत्र पठाएरै दियो दनक

काठमाडौं, १४ साउन-भारतले लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउने माग गर्दै पत्र पठाएपछि नेपालले पनि जवाफी पत्र पठाएको छ । नेपालले भारतलाई सो क्षेत्र नेपालकै भएको भन्दै पत्र लेखेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्