क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेशीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतवनी, दियो २४ घण्टाको अल्टिमेटम
आइतबार, २३ भदौ, २०८१,
न्यूज विराट
विराटनगर – नेपाल क्षयरोग निवारण संस्था मोरङले गैर कानुनी तरिकाले विराटनगर ७ हस्पिटल चोकमा रहेको मोनिका फार्मेशीमा लगाएको ताला २४ घण्टा भित्रमा नखोले आन्दोलन गर्ने औषधी व्यवसायीहरुले चेतवनी दिएको छ ।
नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले आइतबार एक विज्ञाप्ती जारी गर्दै फार्मेशीमा क्षयरोगले लगाएको ताला तत्काल नखोले सम्पूर्ण औषधी पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिने चेतवनी दिएका हुन् ।
संघले यथास्रिघ तालाबन्दी खोली क्षतिपूर्ती समेत दिन माग गरेको छ । विज्ञाप्ती जारी भएको २४ घण्टा भित्रमा फार्मेशीमा लगाएको ताला नखोले आन्दोलनमा उत्रिन औषधी व्यवसायीहरु बाध्य हुने उनीहरुले बताएका छन् । ‘सम्बन्धित निकायले २४ घण्टा भित्र समस्या सामाधन नगरेमा आन्दोलनमा उत्रिन बाध्य हुनेछौ । सो बाट उत्पनन्न हुने प्ररिीसथतिको सम्पूर्ण जवाबदेही सम्बन्धीत नियका नै हुने व्यहोरा समेत अवगत गराउन चाहन्छौं,’ जारी विज्ञाप्तीमा उल्लेखछ । उच्च अदालत विराटनगरले गरेको फैसलालाई चुनौति दिनेगरी कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामाथिको कब्जा कायम राखेको संस्थाले अस्पतालको स्वामित्वमा रहेको व्यवासियक भवनको सटर भाडा आफूलाई नदिएको भन्दै प्रितम मुखियाले सञ्चालन गरेको ‘मोनिका फार्मेशी’ मा भदौ १९ गते ताल्चा लगाइदिएको हो । उक्त फार्मेशी बन्द भएको आइतबार चार दिन भएको छ । क्षयरोग निवारणले प्रयोग गर्दै आएको ६ कठ्ठा ८ धुर जग्गा उच्च अदालत विराटनगरले २०७७ माघ २६ गते कोशी अस्पतालकोे स्वामित्वमा रहेको फैसला गरेको थियो । अदालतले जग्गा कोशी अस्पतालकै स्वामित्वमा रहेको फैसला सुनाएपछि अस्पताललाई आफ्नो स्वामित्वमा रहेको जग्गा प्रयोग गर्ने बाटो ६१ वर्षपछि खुलेको हो । अदालतको फैसलापछि कोशी अस्पतालका मेसु डा.रविराज सिंहले क्षयरोगले उठाउँदै आएको मोनिका फार्मेशीसहित ८ वटा सटर सञ्चालन गर्दै आएका सञ्चालकलाई सटर भाडा अस्पतालमा बुझाउन भदौ २ गते पत्रचार गरेका थिए । अस्पतालले हेमन्तकुमार श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ खाजा घर, फिरदोस अन्सारीले सञ्चालन गरेको मदिना होटेल खाजा घर, घनश्याम अधिकारीले सञ्चालन गरेको पशुपति किराना पसल, स्मृति देवले सञ्चालन गरेको पूर्वाञ्चल बायो मेडिकल सोलुसन, पार्वती ताजपुरियाले सञ्चालन गरेको खुश्बु खाजा घर, रहिम साँफीले सञ्चालन गरेको सहिम मोटर साइकल र घनश्याम अधिकारीले सञ्चालन गरेको न्यू बावा होटललाई सटर भाडा बापत बुझाउन पत्रचार गरेको थियो । प्रितम मुखियाले सञ्चालन गरेको मोनिका फार्मेशले भदौ ९ गते कोशी अस्पताललाई साउन महिनाको १२ हजार रुपैयाँ मासिक भाडा बुझाएको छ । कोशी अस्पताललाई भाडा बुझाएको १० दिनपछि भदौ १९ गते नेपाल क्षयरोग निवारण संस्था मोरङका कर्मचारी आएर फार्मेशीमा ताल्चा लगाइदिएको थियो ।
विराटनगर, माघ १६–विराटनगरमा एक बिरामी वृद्धाको उद्धार गरिएको छ । विराटनगर– ११, पिचरामा जाडोले कठ्याङग्रिएर बिरामी भई थला परेकी वृद्धा चन्द्रकुमारी ठकुरीको उद्धार गरिएको हो । वृद्धा चन्द्रकुमारीलाई । विराटनगर– ११ का वडा अध्यक्ष तिर्थेन्द्र...
काठमाडौं, १५ पुस-नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको नमुना परीक्षण गर्दा २०४ महिला र ३०७ जना पुरुषमा कोरोना...
काठमाडौं, २६ साउन-विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरूको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो ।...
विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...
विराटनगर, ७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर, ६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । २९९ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको सामाजिक विकास...
काठमाडौं, ७ माघ । पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार निधन भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् । श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचारका...
काठमाडौं, २ वैशाख-पाल वायु सेवा निगमले मंगलबार भारतको नयाँ दिल्ली उडान भर्दैछ ।विमानले नेपालमा रहेका ब्राजिलियन नागरिक लिएर जान अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ब्राजिलियन राजदूतावासले निगमको जहाज चार्टर गरेको हो...