मोरङको गोठगाउँमा दुई नाबलकको मृत भेटिए , आमा सम्पर्कबिहीन

 न्यूज विराट
मोरङको गोठगाउँमा दुई नाबलकको मृत भेटिए , आमा सम्पर्कबिहीन

विराटनगर । मोरङको सुन्दरहरैचामा दुई जना नावलकको शव भेटिएको छ । सुन्दरहरैचा ७ गोठगाउँमा दिदी वहिनिको शव शनिबार भेटिएको हो ।
धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका – ७ मालति टोल बस्ने दिदी सिता रेग्मिको घरमा बस्ने ३१ बर्ष अर्जुन कार्कीका दुइ छोरीको शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
तीन वर्षीया अर्पणा कार्की र एक वर्षकी आइका कार्कीको प्रहरीले शव भेटिएको छ । शव भेटिएको नजिक विषाधी पनि प्रहरीले फेला पारेको छ । ‘शव नजिक विषादीको बट्टा भेटिएको छ । विषाधी सेवन गरेर हत्या गरिएको हुनसक्छ । हामीले अनुसन्धान सुरु गरेका छौंं ,’ एसपी कार्कीले भने, ‘थप विषय अनुसन्धानपछि खुल्नेछ ।’
अर्जुन र श्रीमती २९ वर्षीया अस्मिता पौडेलबीच शनिबार विहान झगडा भएको रहेछ । श्रीमान– श्रीमतीबिच झगडा भएपछि अस्मिता दुइ जना छोरीहरु लिएर हिडेकी बुझिएको छ । अजुर्नले नयाँ घर बनाउँदैछन् । ‘नयाँ घरमा पानी नहालेको विषयलाई लिएर झगडा भएको रहेछ,’ एक प्रहरी अधिकृतले भने, ‘दिउँसो साढे ४ बजे दुई छोरी मृत भेटीए ।’ श्रीमति अस्मिता भने फरार रहेको प्रहरीले जनाएको छ । नारायण न्यौपानेको केरा बगानमा दुई वटा बच्चा मृत अबस्थामा फेला परेको भन्ने खबर स्थानियले प्रहरी चौकि गछियालाई जानकारी गराएका थिए । घटनास्थलमा पुगेर छानविन भइरहेको प्रहरीले जनाएको छ । अरुण भने सवारी चालक रहेको प्रहरीले जनाएको छ ।
फोटो छ ।

सम्बन्धित समाचार

एमालेले जारी गर्यो अपानि-१, यस्तो छ नेताहरुको अन्तिम कार्यबिभाजन

काठमाडौं, पुस २ । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि सवै सदस्यहरुको कार्यविभाजन गरिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्णयअनुसार अन्तर्पार्टी निर्देशन (अपानि) १ जारी...

श्रमिक सूचना बैंक स्थापना गर्ने घोषणा

काठमाडौं, २ असार-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा गरेका छन् । सरकारले नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना...

ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङ्करले कारलाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत...

नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

नेपाल वायु सेवा निगमको बाँकेको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार बिहान ११ बजेसम्म सिमकोटका लागि उडान भर्ने भन्दै यात्रुलाई विमानस्थलको हलमा राखेर अन्तिममा फिर्ता पठाएपछि आक्रोशित हुम्लाका यात्रुहरूले कार्यालय प्रमुखको कार्यकक्षमा ताला...

कतारले पठाएको सामान नेपाल आइपुग्याे

काठमाडौं, १७ वैशाख-कतारले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । कतारले सहयोगस्वरूप प्रदान गरेको सामग्री रिसिभ गर्न लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल पुगेका थिए । कतारले व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर...

नेपाल-भारत सीमा विवाद : छाङ्गरुमा बीओपी, सीमा क्षेत्रमा बढाइए सशस्त्र प्रहरी

काठमाडौं, २९ वैशाख-सरकारले सीमा सुरक्षा बढाउँदै लगेको दाबी गरेको छ । निरन्तर बिओपी संख्या बढाउने र सुरक्षाकर्मीको संख्या पनि बढाउने निर्णय लिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका छन् । उनले विगतमा कमजोर उपस्थितिको कारण...

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ माघ । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले...

नेपालको राजनीतिमा महिलाको उच्च सहभागिताले विश्वमै उदाहरणीय कदम सावित : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४ । आज १११औँ अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाइँदै आएको छ ।  नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा प्रधानमन्त्री केपी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्