शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापमा पनि अगाडी, कविता प्रतियोगितामा मानसी पोखरेल भइन प्रथम
बिहिबार, १३ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको विराटनगरस्थित शिक्षादीप कलेज अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी रहेको छ ।
zविद्यार्थीको प्रतिभा उजार गर्ने उद्देश्यले शिक्षादीप कलेजले अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ । विद्यार्थीको रोजाइ अनुसार कलेजले बिहीबार कविता प्रतियोगिताको आयोजना गरेको छ । कलेजको सभाहलमा ‘शान्तिका लागि निश्शस्त्रीकरण’ शीर्षकमा आयोजना गरेको कविता प्रतियोगिताको प्रथम कक्षा ११ विज्ञान संकायकी छात्रा मानसी पोखरेल घोषित भइन् । यस्तै, इशान पौडेल, सिरिन भट्टराई, प्रतीक भट्टराईले दोस्रो स्थान हासिल गरे भने सम्पता रायमाझी, रितिक्षा भट्टराई, अपेक्षा राई, साम्राज्ञी बस्नेत तृतीय भए । यसैगरी, अफ्रिन खातुन, अमित पटेल, रोशनकुमार मण्डल, रमण मण्डल, मर्यादा भट्ट, प्रगति अधिकारी, सशन दाहाल, खुस्बु ढकाल र समीर साहले सान्त्वना पुरस्कार पाए । कक्षा ११ र १२ का २५ सय विद्यार्थीहरूमध्येबाट पहिलो चरणको छनोटबाट ८० जनालाई कविता प्रतियोगितामा सहभागी गराइएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । साहित्यकारहरू चुणामणि नेपाल ‘अकिंचन’, मीनकुमार नवोदित र कमलकिशोर श्रीवास्तवले प्रतियोगितामा निर्णायक रहेका थिए । बिजेता हुने विद्यार्थीहरुलाई कलेज प्रिन्सिपल ज्ञानबहादुर खड्का र निर्णायकहरुले प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन कलेजले अतिरिक्त क्रियाकलापहरुमा जोड दिदै आएको बताए । गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि अगाडी बढाएर लगेको उनले बताए । ‘कविता सुन्दा यति धेरै आनन्द आउँछ कि आफ्ना थकान मेटिन्छ,’ उनले भने, ‘कवितामार्फत् विद्यार्थीहरूले आफ्नो भावना पोख्न सक्नेछन्, मन शुद्ध बनाउने छन् । धेरै प्रतियोगी भएका कारण सबैलाई सहभागी गराउन सकेनौं । फेरि पनि यस्ता कार्यक्रम गरेर उनीहरूलाई मौका दिनेछौं ।’ कार्यक्रममा प्रतियोगिताका निर्णायक तथा साहित्यकार मीनकुमार नवोदितले विद्यार्थीहरूले पठनपाठनका अलाबा सिर्जनात्मक बनेर अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने बताए । कार्यक्रममा विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशक भुपेन्द्र दाहाल र रामचन्द्र अधिकारीलागयतको सहभागिता रहेको थियो ।
काठमाडौं, २० मंसिर-नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रस्ताव स्थायी कमिटी बैठकमा लाने निर्णय गरेको छ । शनिबार शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओली र प्रचण्डले सचिवालयमा पेस...
काठमाडाैं, १५ वैशाख-प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउन शक्ति बाँडफाँटका लागि तयार भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले यस्तो सन्देश पठाएका हुन् । अध्यादेश...
एजेन्सी, जेठ १७–स्पेसएक्सको अन्तरिक्ष यान द क्रु ड्रयागन नासाका दुई अन्तरिक्षयात्रीसहित प्रक्षेपण गरिएको छ । यो मिसन अमेरिककाको फ्लोरिडास्थित केनेडी एयर स्पेसबाट प्रक्षेपण गरिएको हो । अमेरिकाले ९ वर्षपछि अन्तरिक्ष मिसन पठाएको हो । निजी...
विराटनगर, २७ असोज–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिन भित्र भेन्टिलेटर र पर्याप्त आईसियू सुविधासहित १ हजार शैयाको कोभिड अस्पताल तयार पार्न प्रदेश सरकारसँग माग गरेको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले...
विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...
एजेन्सी, जेठ १०-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट जोगिनका लागि औलोको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको बताएका थियो । सो औषधिबारे विज्ञानसम्बन्धी शोध पत्रिका लेसेटले आफ्नो अनुसन्धानमा कोरोना संक्रमित विरामीको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विन दिइएमा...
विराटनगर । सरकार बनाउने र ढाल्ने खेल चलिरहेको कोशी प्रदेशमा पुनः त्यस्तै खेल दोहोरिने निश्चित भएको छ। सरकार बनाउन यसअघि सत्ता गठबन्धनले खेलेको खेल आइतबारबाट मुख्य विपक्षी नेकपा एमाले र राप्रपाले दोहोर्याएका छन् । सोमबार...
विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माविको कक्षा १२ को परीक्षामा ७५.४५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजानिक गरेको नतिजा अनुसार पोखरीयाबाट ३ सय ३३ जना विद्यार्थीले दिएको...