अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक प्रकाश थापा सर्वोत्कृष्ट प्रहरी घोषित

 न्यूज विराट
अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक प्रकाश थापा सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकारीको रुपमा कहलिएका प्रहरी निरीक्षक प्रकाश थापालाई सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक थापालाई २०८१ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी आइतबार घोषित गरेको हो ।

सर्वोत्कृष्ट घोषित भएका थापा इप्रका रानीमा आएपछि सफल अनुसन्धान गर्दै जघन्य अपराधमा संलग्न अभियुक्त समात्न सफल रहेका छन् । उनले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा फरार कैदीलाई पक्राउ गर्न सफल भएका छन् । प्रहरी निरीक्षक थापाले मोरङ जिल्ला कारागारमा रहेका कैदी बिरामी भएर कोशी अस्पताल विराटनगरमा उपचाररत रहेको अवस्थामा साउन १७ गते शौचालय जाने क्रममा भागेर फरार रहेको घट्नामा अहोरात्र खटि सूक्ष्म रुपमा सूचना सङ्कलन एवं खोजतलास गरी साउन २४ गते कैदीलाई मोरङको जहदा गाउँपालिका –१ तारेगामा स्थित नेपाल भारत सीमा नाका नजिकबाट फेला पारी नियन्त्रणमा लिन सफल भए ।

त्यसैगरी लागू औषध ओसार पसारमा संलग्न २८ जना मानिस पक्राउ गर्न प्रहरी निरीक्षक थापा सफल भएका छन् । अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको १४ लाख ९ हजार ९ सय २० रुपैया बराबरको समान बरामद गरेका छन् । उनले अवैध रुपमा भारतबाट हुने चोरी तस्करी रोकथाम र नियन्त्रण गर्न पनि ठूलो भूमिका खेल्नुको साथै इप्रका रानी मातहतको क्षेत्रमा भएको जघन्य अपराधको घटनाको पनि सफल अनुसन्धान गरी दोषीलाई कानुनी कारवाहीको दायारमा ल्याउन सफल भएका छन् । त्यसैगरी विभिन्न मितिमा दुर्व्यसनी विरुद्ध आमाहरु कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका–१६ स्थित क्यान सामुदायिक भवनमा अन्दाजी ६५० जना लागूऔषध प्रयोगकर्ताहरुलाई लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरी उत्कृष्ट कार्य सम्पादन गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले हरेक महिना प्रदेश भरीबाट उत्कृष्ट प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत गर्दै आईरहेको छ ।

सम्बन्धित समाचार

प्रचण्डको दबाबपछि संवैधानिक परिषद्को बैठक स्थगित

साँझ ५ बजेका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । अध्यादेश फिर्ता नगरिएसम्म प्रमुख दलका नेता शेरबहादुर देउवा बैठकमा नजाने अडान लिएपछि आजको बैठक स्थगित भएको हो । पार्टीको निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले...

बैंकको चर्को ब्याज विरुद्ध सोमबार विराटनगरमा बृहत छलफल

विराटनगर । बैंकको चर्को ब्याजका विरूद्ध विराटनगरका उद्योगी व्यवसायीहरूले संयुक्त रुपमा वृहत छलफल गर्ने भएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार दिउँसो साढे ३...

विराट व्यापार संघद्वारा बर्जुका आगलागी पिडीतलाई राहत वितरण

विराटनगर । विराट व्यापार संघले सुनसरीको बर्जुका आगलागी पीडितलाई राहत वितरण गरेको छ । सुनसरी बर्जु–४ स्थित मुस्लिम टोलमा २ दिन अघि भएको आगलागी पीडितलाई राहत वितरण गरेको हो ।  आगलागीबाट बिस्थापित १६ घर परिवारलाई...

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर, १५ फागुन । झापा मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर...

काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना पुष्टि

काठमाडौं, २७ कात्तिक-काठमाडौं उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी उपत्यकामा आज ९ सय ७३ जनामा कोरोना पुष्टि भएको हो...

महिलालाई स्वस्थ्य बनाउन सौन्दर्यकर्मीले गर्यो शिविर, ७५ जना महिलाले गराए स्वास्थ्य जाँच

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले तिजको अवसर पारेर निःशुल्क भिआइए जाँच शिविर आयोजना गरेको छ । सौन्दर्यकर्मी युनियनले मोरङको कटहरी गाउँपालिका – ३ कटहरीको स्वास्थ्य चौकीमा मंगलबार पाठेघरको मुखको क्यान्सरको परीक्षणको...

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट...

भारतीय अभिनेता दिलीप कुमारको निधन

एजेन्सी, २३ असार । हिन्दी सिनेमाका दिग्गज अभिनेता दिलीप कुमारकाे निधन भएकाे छ । उनलाई गत महिना सासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईकाे हिन्दुजा अस्पतालमा भर्ना गरिएकाे थियाे । साेही अस्पतालमा ९८ वर्षीय दिलीप कुमारले अन्तिम सास लिएका हुन् । दिलीप कुमारकाे निधनकाे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्