विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

 न्यूज विराट
विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो ।

क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् । जुलाई १ देखि उनले कार्यभार समालेका छन् । क्लबको प्रथम उपाध्यक्षमा बृज कुमार दास, द्वतिय उपाध्यक्ष प्रमोद कुमार साह, तृतीय उपाध्यक्ष श्रवण कुमार थापा, सचिव तेज नारायण साह, कोषाध्यक्ष सोमनी कुमारी साह, एलसिआईएफ कोर्डिनेटर डा. सुनिल रेग्मी, मेम्बरसीप चियरपर्सन नन्दु साह, सर्भिस चियर पर्सन प्रकाश कार्की, मार्केटिङ चियरपर्सन डा. संजय झा, तथा क्लवका डारेक्टरहरु ज्ञान बहादुर बस्नेत, डा. राजेन्द्र चौधरी, डा. प्रविण झा, संजिव पोखरेल लगायत रहेका छन् ।

लायन्स अन्तर्राष्ट्रिय ३२५ डिष्ट्रिक सी का गभर्नर विकास अधिकारीले नवनियुक्त पदाधिकारीहरुलाई पदस्थापना गरेको क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साहले बताए । कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले स्वास्थ्य क्षेत्रका समाजसेवीहरुले स्थापना गरेको हेल्थ प्रोफेसनल क्लव एउटा अवल, ससक्त र प्रभावकारी लायन्स क्लवका रुपमा स्थापित रहेको बताए । क्लवले पदस्थापना कार्यक्रमको अवसरमा ५ नयाँ सदस्य पनि थपेका छन् । औषधी व्यवसायी नारायण दाहाल, लोकेश मण्डल, कलेजोरोग बिशेषज्ञ डा. प्रताप सागर तिवारी, नेत्ररोग विशेषज्ञ डा. भाष्कर झा, र लियो सदस्य आशा जैशवाललाई क्लवका सदस्यका रुपमा मनोनित गरेका छन् ।

कार्यक्रममा पुर्व गभर्नरहरु लायन राजन खत्री, लिला ढुङ्गेल, भिम घिमिरेलेलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल चिकित्सक सघं कोशीमा निर्वाचित क्लवका पदाधिकारीहरुलाई सम्मान पनि गरियो । क्लवका डारेक्टर डा. राजेन्द्र चौधरी, क्लवका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, र क्लवका एलसिआईएफ चियरपर्सन डा. शुनिल रेग्मी नेपाल चिकित्सक संघ कोशीका क्रमशः अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्वाचित भएको थियो । क्लबका बर्ष २०२३÷०२४ का अध्यक्ष डा. सुनिल रेग्मीले लायन्सका सेवाले गरेको योगदानलाई कदर गर्दै लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट र ३२५ सि मा जोन चियरपर्सनका रुपमा मनोनित भएको गभर्नर अधिकारी बताए ।

सम्बन्धित समाचार

झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

झापा, ४ मङ्सिर-नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित हुनुभएको छ । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन...

पारस खड्कालाई कोरोना संक्रमण

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीसीआर गर्दा आज नतिजा पोजिटिभ देखिएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । कोरोना पुष्टिपछि अहिले उनी होमआइसोलेसनमा बसेका छन् । कोरोनाका...

एलपी ग्यासको मुख्य बृद्धि तत्काल फिर्ता लिन माग

विराटनगर, ९ जेठ । एलपी ग्यास ग्यास बिक्रेता संघ मोरङ पेट्रोलिम पदार्थमा गरिएको मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल सरकारले नियतबस जनताको ढाड सेक्नेगरी १६०० पर्ने ग्यासको मुल्य बढाएर १८०० कायम गरेको...

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी...

प्रदेश २ का मुख्यमन्त्री राउत अभिव्यक्तिकाकारण विवादमा

जनकपुर, माघ २४–अभिव्यक्तिका कारण पटकपटक विवादमा पर्दै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केटीले केटाको मुखमा एसिड फाल्ने कुरो गरेर फेरि विवादमा आएका छन् । मुख्यमन्त्रीको एसिडसम्बन्धी वक्तव्य सामाजिक सञ्जलमा भाइरल भइरहेको छ ।...

कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि इटहरी उपमहानगरपालिका थप दुई दिन बन्द

विराटनगर, २१ असोज-सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय थप दुई दिन बन्द हुने भएको छ । वडा कार्यालयसहित उपमहानगरपालिकाको कार्यालय बन्द हुने भएको हो । कार्यालयका कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि १६ असोजदेखि ५ दिन कार्यालय बन्द गरिएको...

‘तत्काल कक्षा ११ को परीक्षा नगर्नू’

 काठमाडौं, २३ साउन-राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा नलिन निर्देशन दिएको छ । सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेकाले परीक्षा नगर्न निर्देशन दिएको हो । बोर्डले ११ को परीक्षा विद्यालयलाई नै गर्न भनेपछि...

एकै पटक ४८ एसपी र १२० डीएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक ९एसपी०हरू र १२० जना नायव प्रहरी उपरीक्षा ९डीएसपी०हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्