नेपाल बिजनेस कलेजका विद्यार्थीले सांगीतिक साझ गर्दै, उदय र मनिलाले प्रस्तुती दिने
सोमबार, ०३ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – ११ मा रहेको नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कपल जोडीहरुको लागि विराटनगरमै पहिलो पटक सांगीतिक साझ आयोजना गर्ने भएको छ । ‘द टाइमलेस टियुनेसू’ नाम दिइएको यो सांगीतिक कार्यक्रम भदौ १४ गते विराटनगरको जैन भवनमा हुने भएको हो । कलेज परिसरमा सोमबार विद्यार्थीहरुले पत्रकार सम्मेलन गरी तयारी तिव्र रुपमा अगाडी बढेको जानकारी गराएको छ । बिबिए सातौं सेमेस्टरका ६२ जना विद्यार्थीहरूले आयोजना गरेको यस कार्यक्रममा प्रख्यात कलाकारहरू उदय सोताङ्ग र मनिला सोताङ्गको प्रस्तुत हुनेछ । कार्यक्रम व्यवस्थापक रोहन बस्नेतका अनुसार यो कार्यक्रम विशेष गरी कपल जोडीहरूलाई लक्षित गरिएको छ । कलेजका प्रबन्ध निर्देशक दीपक कोइरालाका अनुसार यो कार्यक्रम विद्यार्थीहरूको पाठ्यक्रमको एक अंश हो । कार्यक्रम पश्चात् विद्यार्थीहरूले व्यवहारिक कार्य पत्र बुझाएर २० अंक प्राप्त गर्नेछन् । इभेन्ट निर्देशक रितिका घिमिरे र संयोजक सपना साहको नेतृत्वमा विद्यार्थीहरूले यो कार्यक्रम आयोजना गरेका हुन् । यसले विद्यार्थीहरूलाई इभेन्ट म्यानेजमेन्टको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै पूर्वाञ्चल क्षेत्रमा नयाँ प्रकारको मनोरञ्जनात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । यो कार्यक्रमले शैक्षिक र मनोरञ्जनात्मक पक्षलाई सम्मिश्रण गर्दै विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्ने र स्थानीय समुदायलाई उच्च स्तरीय संगीत सन्ध्याको आनन्द दिने लक्ष्य राखेको छ । प्रति जोडी टिकट मूल्य २ हजार ९ य ९९ रुपैयाँ डिनर सहित रहेको छ । कुल २२५ कपल जोडीको लागि टिकट बिक्री हुनेछ । प्रत्येक टेबलमा एक जोडी मात्र हुने आयोजकले जनाएको छ । उक्त सांगीतिक कार्यक्रमको अनुमानित खर्च साढे ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सांगीतिक साझबाट मुनाफा भएको रकम विराटेश्वर वृद्धा आश्रममा दिने विद्यार्थीहरुले बताएका छन् ।
जनकपुर, १६ वैशाख-रौतहटको दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार दुबैको काठमाडौंको...
विराटनगर । विराटनगर – ९ स्थित ग्रीनल्याण्ड कलेजबाट १२ कक्षा उत्तीर्ण गरेका ३९ जना छात्रछात्राले उच्च शिक्षा अध्ययन गर्न विभिन्न विधामा निःशुल्क छात्रवृत्ति प्राप्त गरेका छन् । विद्यालयलयद्वारा बिहीबार यहाँ आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा...
एजेन्सी, असार १९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान अचानक लेह पुगेका छन् । मोदीले १५ जुनमा भारत र चीनका सेनाबीच भएको झडपपछिको अवस्थाबारे मोदीको उपस्थितिमा समीक्षा हुने बताइएको छ । १५ जूनको राति चिनियाँ सेनासँगको भिडन्तका...
विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको सिङ-जुरो भाँचिदिएको बताएका छन् । संसद विघटनविरुद्ध विराटनगरमा आयोजन गरिएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले...
तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका एक वृद्धजंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलबारदेखि हराइरहेका चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत...
बैतडी, १९ मङ्सिर-भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य...
विराटनगर, २६ भदौ । विद्युतको निरन्तरा एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलव्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनिकरण गर्न सकिने सुझाव सहभागीहरुले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौ र क्लिन कुकिङ्ग एलाइन्सद्वारा संयुक्त्त रुपमा आज यहाँ आयोजित...
विराटनगर । विराटनगर १५ अरुण सिनेमा हलछेउमा एउटा कपडाको पसलमा आगजनी भएको छ । आज दिउँसो सिरक र डस्नाको पसलमा आगजनी भएको हो ।अहिले विराटनगर महानगरपालिको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगजनी नियन्त्रण लिने प्रयास...