मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर अडिसन भव्य, इटहरीमा शनिबार हुँदै

 न्यूज विराट
मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर अडिसन भव्य, इटहरीमा शनिबार हुँदै

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको विराटनगरको अडिसन भव्य रुपमा सम्पन्न भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । विराटनगरमा भएको पहिलो अडिसनमा ५० भन्दा बढी बालवालिकाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको अर्को अडिसन सुनसरीको इटहरीमा आउने शनिबार भदौ ८ हुनेछ । इटहरीपछि धरानमा भदौ १५ गते अडिसन हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । प्रतियोगिताको छनौट चरणको अडिसनबाट छनौट भएका प्रतियोगिहरु फाइनलमा पुग्नेछन् । प्रतियोगिताको बिजेताले नगद र विभिन्न गिफट ह्याम्परहरु प्राप्त गर्नेछन् । अडिसनको निर्णायकहरुमा जय मिडीया म्यानेजमेन्ट प्रा.लि. का अध्यक्ष जय राज रायः, बिपी कोइराला विज्ञान प्रतिष्ठनानका डा. श्रवण मण्डल, मिस कोशी २०२४ की विजेता शुभलक्ष्मी राई, मिस कोशी २०२४ की अर्गनाईजर च्वाईस विजेता र फस्ट रनरअप निशाहागंमा लिम्बु, मिस्टर एण्ड मिस लिटल कोशी २०२३ की विजेता
प्रशिका श्रेष्ठ रहेकी छिन् ।

छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका थिए । बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ । विगतको वर्षहरुमा जस्तै यो पटक पनि भव्य र सभ्य तरिकाले सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने अध्यक्ष रायले बताए । ‘प्रतियोगितामा भाग लिने इच्छुक बालवालिकाहरुको लागि आवेदन पनि खुल्ला गरिएको छ । आवेदन अनलाइनमाबाट पनि दिन सकिने गरीको व्यवस्था हामीले गरेका छौं,’ अध्यक्ष रायले भने ।

सम्बन्धित समाचार

दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् । आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन् । दीपेन्द्रको...

लेखा समितिमा सांसदहरूले भने : स्वास्थ्यमन्त्री र सल्लाहकारको भूमिका शंकास्पद

काठमाडौं, ८ असार-कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सामग्री खरिद कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र सल्लाहकारको भूमिका शंकास्पद देखिएको सांसदले बताएका छन् । संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसदहरुले स्वास्थ्य तथा जनसंख्या...

प्रदेश १ मा ३३ संक्रमित थपिए, १४ डिस्चार्ज

विराटनगर, १ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४÷४, मोरङमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

एमाले सत्ता स्वार्थमा कुदैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेकपा एमाले कुद्ने पक्षमा तयार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । काँग्रेसमा सत्ता भन्दा...

गुरुङलाई हटाउने प्रस्ताव र अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास : प्रचण्ड-माधव समूह

प्रमुख सचेतक देव गुरुङलाई हटाउने प्रस्ताव र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टी विभाजनको पूर्वाभ्यास रहेको प्रचण्ड-माधव समूहले ठहर गरेको छ । स्थायी कमिटी बैठक चलिरहेको अवस्थामा संवैधानिक नियुक्तिमा एकलौटी गर्नका लागि जारी भएको अध्यादेश र प्रमुख...

१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेर

बुटवल, २७ वैशाख-आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साताअघि भारतबाट आएको खुलेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले यसअघि कोरोना संक्रमण देखिएका मायादेवी गाउँपालिकाका युवासँगै उनीहरू...

प्रदेश १ मा संक्रमितको संख्या ५३३ पुग्यो

विराटनगर, असार १३–प्रदेश नं. १ मा शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङको बुढीगंगा गाउँपालिकाका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ...

‘ह्वाइट मुन’ सेनेटरी प्याड बजारमा

विराटनगर । विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रोडक उत्पादन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसनवारीमा रहेको इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको हो । ‘ह्वाइट मुन’ नाम दिएको सेनेटरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्