विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

 न्यूज विराट
विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो ।

बैठकले सरला चापागाईंलाई उपाध्यक्ष र सदस्यसचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेशराज सुवेदी)लाई मनोनयन गरेको छ । कार्यपालिका बैठकले माया पौडेल आशावादी (नृत्य÷गीतसंगीत), गंगा सुवेदी (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य÷रंगमञ्च) र शिवनारायण पण्डित सिंगललाई (मातृभाषा) कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।
मेयर नागेश कोइरालाको प्रस्तावमा अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको नाम कार्यपालिकाले अनुमोदन गरेको थियो । त्यस्तै प्राज्ञसभा सदस्यमा प्रा.डा. हरिहर भण्डारी, हाँस्यव्यङ्ग्यकवि लक्ष्मण नेवटिया, कवि गोकुल अधिकारी, गायक रामा मण्डल, साहित्यकार हरि कट्टेल, कवि भेषराज पोखरेल, साहित्यकार रामबाबु दाहाल, निर्देशक तथा कलाकार केशव रायमाझी, साहित्यकार डा. विमला श्रेष्ठ, कवि सविता गौतम दाहाल, साहित्यकार शुभलक्ष्मी लम्साल र कलाकार इन्द्र परियारलाई कार्यपालिका बैठकले मनोनित गरेको छ ।
महानगरले प्रज्ञा प्रतिष्ठान गठनका लागि गत पुसमा सम्पन्न नगर परिषद्बाट ‘विराटनगर प्रज्ञा प्रतिष्ठान ऐन–२०८०’ पारित गरेको थियो । सोही ऐनका आधारमा कार्यपालिका बैठकले प्रतिष्ठान गठन गरेको हो । पहिलोपटक गठन गर्दा कार्यपालिका बैठकले सिधै प्रतिष्ठान गठन गर्न सक्ने ऐनमा व्यवस्था छ । त्यसपछि भने प्रमुखको संयोजकत्वमा सिफारिस समिति गठन गरेर प्रतिष्ठान गठन गर्ने व्यवस्था छ । सिफारिस समितिमा उपप्रमुख, कार्यपालिका सदस्यमध्येबाट २ जना, भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिमध्ये महानगर प्रमुखले तोकेको २ जना सदस्यसहितको सिफारिस समिति रहने ऐनमा व्यवस्था छ ।
प्रतिष्ठानले विराटनगरका भाषा, साहित्य, कला, संस्कृतिलगायतका क्षेत्रमा कार्य गर्ने मेयर कोइरालाले बताउनुभयो । त्यस्तै कार्यपालिका बैठकले स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहमा कार्यरत कर्मचारीको तह वृद्धिसमेत गर्ने निर्णय गरेको छ । स्थानीय सरकारी सेवा ऐन (गठन तथा सञ्चालन) ऐन २०८० मा भएको व्यवस्थाअनुसार २३ जना कर्मचारीहरूको तह वृद्धि गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । सहायकस्तर पाँचौंदेखि अधिकृतस्तर छैटौं तहमा १२ जना र अधिकृतस्तर सातौंदेखि अधिकृतस्तर आठौंमा ११ जनाको तहवृद्धि गरिएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...

विराटनगरको बाल सुधार गृहदेखि फरार चार मध्ये एक जना पक्राउ

विराटनगर, १२ असार । विराटनगरस्थित बाल सुधार गृहदेखि फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि शनिबार...

भुजेल भाषा र लिपी पुस्तक बिमोचन

विराटनगर । भुजेल भाषा र लिपी नामक पुस्तक बिमोचन गरिएको छ । भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिकाले विराटनगरमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक बिमोचन गरेको हो । विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाबाट...

अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी छैनः खनाल

नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी नभएको बताएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा पार्टी फुटाउन सहज हुने गरी संसदीय दल वा केन्द्रीय समितमा ४० प्रतिशत सदस्य पुगे...

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...

सत्तारुढ गठबन्धनमा सुरु भयो जुहारी, बाबुराममाथि खनिए रामचन्द्र पौडेल

काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ । हिन्दू विरोधी अभिव्यक्ति राखेको भन्दै उहाँले नेता...

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश

काठमाडौं, असार १२ । चार महिना अघि जारी भएको अल्पकालिन अन्तरिम आदेशको निरन्तरता दिंदै सर्वोच्च अदालतले आइतबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको छ । अदालतको यो आदेशसँगै काउन्सिललाई कार्यकर्ता भर्तिकेन्द्र...

गर्मीले जनजीवन कष्टकर, सामुदायिक विद्यालय एक महिना बिदा

सप्तरी, ३० असार । एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । यहाँको तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्