अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा दिनुपर्नेमा जोड

 न्यूज विराट
अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा दिनुपर्नेमा जोड

विराटनगर । अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा दिएर अगाडी बढनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।
विराटनगरमा बुधबार भएको अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ छलफल कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा उनीहरुले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेर अगाडी बढाउनुपर्ने बताए । समतामुलक र न्यायपुर्ण अवसर सिर्जनाको माध्यमबाट समृद्ध नेपाल सुखि नेपालिको अबिष्ट पुरा गर्न स्थानीय तह, प्रदेश र संघिय तह एवं गैरसरकारी संघसंस्थाहरूसमेतको भूमिकालाई अर्थपूर्ण बनाइ अपाङगता भएका बालवालिकाहरुलाई पनि गुणस्तरिय शिक्षा प्रदान गरेर लैजानुपर्ने उनीहरुले बताए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिब लक्ष्मी प्रसाद भट्टराईले नेपालको विद्यमान शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था, ऐन, निती तथा योजना कार्यन्वयन गर्न अपांगता भएका बालवालिकाका लागि समावेशी शिक्षा सञ्चालन गरेर तीन तहको सरकार लागि पर्नुपर्ने बताए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका समावेशी शाखा अधिकृत दिपक माझीले अपाङगता भएका बालवालिकाको शिक्षा संचालन गर्ने विषयमा मापदण्ड बनेको बताए । ‘शिक्षा नीति २०७६ मा अपाङगत सम्बन्धी समावेशी शिक्षाको व्यवस्था गरेको छ । त्यसलाई पनि कार्यन्वय गर्न मापदण्ड बनाएको हो । जुन मापदण्डले अपाङगता भएका व्यक्तिले कसरी पढने, सेवा सुविधा कसरी पाउने, अभिभावको काम, संघ, प्रदेश र स्थानीय तहको अधिकारहरु स्पष्ट पार्न यो मापदण्ड बनाएको छ । त्यसको छलफल गर्दै अहिले देशभरीको जिल्लाहरुमा अपाङ्गता भएका व्यक्ति सरोकारवालाहरुसँग सुझाब संकलन गर्दै आएका छौं,’ उनले भने । छलफबाट आएको सुझाब समावेश गर्दै अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ यही चालु आर्थिक वर्ष भित्रमा ल्याउने उनले बताए ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले अपाङगता भएका व्यक्तिहरुलाई अध्यापन गराउने दक्ष शिक्षक प्रयाप्त नभएको कारण समस्या भएको बताए । उनले अटिजम बौद्धिक अपाङगता भएका व्यक्तिहरुलाई पठनपाठन गराउने प्रयाप्त शिक्षक नभएको कारण समस्या भएको भन्दै दक्ष जनशक्ति उत्पादन गराउनेतिर लाग्नुपर्ने सुझाब दिए ।
त्यसैगरी नेत्रहिन यूवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले सांकेतिक भाषा, ब्रेन लिपि तथा वैकल्पिक माध्यमबाट अपाङगता भएका बालवाकिलाहरुलाई समावेशी शिक्षा दिनुपर्ने बताए ।

सम्बन्धित समाचार

अरनीको माविमा भर्ना भएका एक हजार बढी विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय माविमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण र स्वागत गरेको छ । माविले मंगलबार एक कार्यक्रम आयोजना गरी भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण गराएसँगै स्वागत पनि गरेको हो । विज्ञान संकायमा ९२०...

लकडाउनमा पनि भीमफेदी–कुलेखानी सडक विस्तार तीव्र

मकवानपुर, ११ वैशाख-मकवानपुरबाट काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तार कार्यलाई मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाई तीव्रता दिइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तार...

श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...

तस्करीको कपडासहित चार जना पक्राउ

विराटनगर । भारतदेखि अवैध रूपमा चोरी तस्करी गरी कपडा ल्याउने चार जना पक्राउ परेका छन् । इलका प्रहरी कार्यालय रानी विराटनगरले तस्करीको कपडासहित सोमबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५...

विराटनगरको राष्ट्रसेवक सहकारीको मासिक साहित्यिक शृंखला सम्पन्न

विराटनगर, १४ फागुन । विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको मासिक साहित्यिक शृंखला आज सम्पन्न भएको छ । हरेक महिनाको दोस्रो शुक्रबार आयोजना गरिने कार्यक्रममा स्रष्टाहरुले कविता, गीत, गजल, मुक्तक, लघुकथालगायत प्रस्तुत गर्ने गर्दछन् । २५...

चितवनमा स्कर्पियो दुर्घटनामा १ जनाको मृत्यु, २ गम्भीर

हेटौंडा, १५ असार-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै दुर्घटनामा परेको छ । स्कर्पियोमा कृष्णसहित पत्नी...

आजदेखि नयाँ वर्ष प्रारम्भ, ‘लकडाउन’ का कारण घरमै बसेर मनाइँदै

काठमाडौं, १ वैशाख-नयाँ वर्ष २०७७ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले घरमै बसेर मनाउँदै छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-२ वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्