बालिकाको मृत्युपछि विराटनगर सिटी हस्पिटल तनावग्रस्त, लापरवाहीले मृत्यु भएको आफन्तको आरोप

 न्यूज विराट
बालिकाको मृत्युपछि विराटनगर सिटी हस्पिटल तनावग्रस्त, लापरवाहीले मृत्यु भएको आफन्तको आरोप

विराटनगर । विराटनगरको सिटी हस्पिटलमा सर्पकले टोकेको एक जना बालिकाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ ।
मोरङको रतुवामाइ नगरपालिका – ४ झुकिर्याकी ६ वर्षीया इसिका कुमारी मुखियाको उपचारको क्रममा शुक्रबार साझमा मृत्युभएपछि अस्पताल तनावग्रस्त बनेको हो ।
मृतकका आफन्तहरुले हस्पिटल प्रशासन र उपचारमा संलग्न चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै अहिले अस्पतालमा नाराबाजी सुरु गरेका छन् । उनीहरुले हस्पिटल र उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको दायारामा ल्याउनुपर्ने माग राखेका छन् ।
बिहीबार राती ९ बजे घरमा खाना खाने क्रममा इसिकालाई सर्पले डसेको थियो । त्यसपछि परिवारका सदस्यले उनलाई तत्काल उपचारको लागि रंगेली अस्पतालमा लिएर आए । रंगेली अस्पतालमा उपचार नभएपछि उनीहरुले सर्पको उपचार हुने अस्पताल कोशीमा लैजाने भनेका थिए । तर, एम्बुलेन्स चालकले कोशीमा ठाउँ नभएको भन्दै सिटी हस्पिटलमा लिएर आएको मृतककी हजुरआमा निर्मलादेवी मुखियाले बताइन् । ‘हामीले त कोशी अस्पतालमा लगेर उपचार गरौ भनेको थियो । एम्बुलेन्स चालकले कोशीमा ठाउँ हुदैन भन्दै सिटी हस्पिटलमा लिएर आयो । त्यसपछि आइसियूमा राखेर उपचार भयो । यहाँका चिकित्सकले उपचारमा प्रयोग हुने मेडिसिन पनि कोशी अस्पतालबाट ल्याउन लगाउने गरेको थियो । उपचारको क्रममा ४० हजार रुपैयाँ पनि हामीले डिपोजिट गरेका थियौं । त्यसपछि विरामी हेर्न हस्पिटलले दिएको थियो । विहानसम्म राम्रो थियो । हामीलाई पनि नातिनीले चिनेर बोलेको थिइन,’ हजुरआमा निर्मलाले भनिन्, ‘शुक्रबार साझमा आइसियूबाट चिकित्सक हिडेपछि हामीलाई शंका भयो । त्यसपछि नातिनी मृत्यु भयो भनेपछि हाम्रो होसवास उठ्यो ।’ यसरी बुझ्दै जाँदा विराटमा सर्पदशंको उपचार नहुने हस्पिटलमा ल्याएर चिकित्सकको लापारवाहीले नातिनीको मृत्यु भएको उनको भनाई छ । उपचारमा संलग्न चिकित्सक र हस्पिटललाई कारवाहीको दायारमा ल्याउनुपर्ने पीडित पक्षको माग छ ।


उपचारमा कुनै लापरवाही छैन डा. सुमित घिमिरे
यता विराट सिटी हस्पिटलका बालरोग विशेषज्ञ डा. सुमित घिमिरेले उपचारमा लापरवाही नगरेको दाबी गरेका छन् । ‘हस्पिटल आइपुग्दा विरामीलाई स्वासप्रश्वासमा समस्या थियो । रंगेली अस्पतालमै अक्सिजनको लेभल २४ प्रतिशत मात्रै थियो । अस्पतालबै पायप लगाएर इन्टभेट गरेर ल्याएको थियो । विरामीको अवस्था यहाँ आइपुग्दा गम्भिर थियो । त्यसपछि हामीले भेन्टिलेरमा राखेर उपचार गरेका थियौ । एन्टिभेनम १८ एम्पुल दिएपछि विरामी होसमा आउनुभएको थियो । तर, अक्सिजन लेभल मेन्टन भएको थिएन,’ बालरोग विशेषज्ञ डा. सुनिलले भने, ‘हामीले बचाउन प्रयास गरेको हौं । उपचार गर्दै गर्दा पनि सकेनौं ।’

सम्बन्धित समाचार

विराटनगरमा ६ वडाको मतगणना सकियो, तीन वटामा एमालेको जित

विराटनगर, ३ वैशाख । विराटनगरमा हालसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म वराटनगर महानगरपालिकाका वडा नम्बर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको हो । ती वडाको...

उपचारका क्रममा मृत्यु भएका युवकको पीसीआर नेगेटिभ

चितवन, २४ जेठ-चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माडी नगरपालिका-६ का २७ वर्षीय युवकको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । माडीको...

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

पुराना घर नक्सा पास गर्ने बारे सूचना

  रस्तुत विषयमा यस पथरी शनिश्चरे नगर कार्यपालिकाको माघ १५ गतेको बैठकले नगरमा नक्सा पास नभएका पुराना घर, टहरा र अन्य संरचनाहरुको नक्सा पासको प्रक्रियामा आउनका लागि ९० दिनसम्मको अवधि पुनः खुला गर्ने निर्णय गरेको...

कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...

२२ संस्थाद्वारा रुकुम घटनाप्रति भत्र्सना

काठमाडौं, १६ जेठ-युथ एड्भोकेसी नेपाल, दिगो विकास राष्ट्रिय अभियान नेपाल र राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाललगायत २२ संघ संस्थाले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटनाप्रति भत्र्सना गरेका छन्...

राप्रपा नेता सुब्बाद्वारा कोरोना कोषमा २ लाख सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाले कोभिड–१९ प्रकोपविरुद्धको राहत कोषमा २ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । पूर्वमन्त्री सुब्बाले आफ्नो निजी होटल चिन्तन चौतारी क्वारेन्टाइन सेवाका लागि उपलब्ध गराउने पनि...

कोरोना नियन्त्रणमा प्रदेश २ गैरजिम्मेवार भएको प्रभु शाहको आरोप

काठमाडौं, २९ चैत-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश-२ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश २ सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्