विराटनगरमा पहिलो पटक ट्राफिक लाइट संचालनमा , दुर्घटना न्यूनिकरण हुने अपेक्षा

 न्यूज विराट
विराटनगरमा पहिलो पटक ट्राफिक लाइट संचालनमा , दुर्घटना न्यूनिकरण हुने अपेक्षा

विराटनगर । विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । विराटनगरको बरगाछी चोकमा जडान गरिएको ट्राफिक लाइट औपचारिक कार्यक्रम आयोजना गरी सोमबारदेखि संचालनमा ल्याएको हो ।

उक्त लाइटको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले गरे । कार्यक्रममा बोल्दै उनले सवारी दुर्घटना न्यूनिकरणमा ट्राफिक लाइटले ठूलो सहयोग पुग्ने बताए । उनले ट्राफिक नियमको पालना गरी सवारी दुर्घटना न्यूनिकरण गरिनुपर्नेमा जोड दिए । उनले विराटनगरसहित प्रदेशको विभिन्न सहरहरुमा ट्राफिक लाइट जडान गरेर सवारी दुर्घटनलाई न्यूनिकरण गर्ने बताए । चाँडै उदयपुरको गाइघाटमा पनि ट्राफिक लाइट संचालनमा आउने जानकारी गराउँदै मन्त्री अधिकारीले सडक अनुसानको पालना गरिनुपर्नेमा जोड दिए ।
ट्राफिक लाइटले सडक सुशासन कायम गर्न र पैदल यात्री तथा सवारीसाधनलाई सहज ढंगले सडक पार गर्न सहयोग पुग्ने उनले बताए । जनघनत्व र सवारीसाधनको चाप बढी भएका स्थानको छनोट गरेर आगामी दिनमा लाइट जडान गर्दै लैजाने योजना रहेको अधिकारीले सुनाए ।


विराटनगरको बरगाछी चोकमा कोशी लोकमार्ग र सहायक सडक पार गर्न चारवटै कोणमा लाइट जडान गरिएको मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए । उनका अनुसार ट्राफिक लाइट उद्घाटनलगत्तै सवारी चालक र सर्वसाधारणका लागि ट्राफिक सचेतनासमेत गरिएको थियो । मन्त्रालयको २३ लाख रुपैयाँको लागतमा लाइट जडान गरेको उनले बताए ।
लाइट उद्घाटन कार्यक्रममा निमित्त सचिव थापासहित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीमबहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेल, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की, मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर सुमन न्यौपानेलगायतको उपस्थिति थियो ।
बरगाछीमा उत्तर–दक्षिण र पूर्व–पश्चिम जाने सडक छ । ट्राफिक व्यवस्थापन मिलाउन नसक्दा सवारी जाम र दुर्घटना अत्यधिक हुने गरेको थियो । लाइटको प्राविधिक पक्षलगायतको परीक्षण यसअघि गरिएको थियो । परीक्षण सफल भएपछि उद्घाटन गरेर सञ्चालनमा ल्याइएको हो ।
लाइट एक महिनाअघि जडान गरिएको भए पनि सञ्चालनका लागि जेब्राक्रस निर्माण र प्राविधिक पक्षको उचित व्यवस्थापन गर्न समय लागेको हो । कोशी प्रदेशको इटहरी र दमकमा यसअघि नै लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । विराटनगरको अन्य स्थानमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

पुरी परिवारद्धारा सरस्वती स्कुलमा खाजा घर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालय परिसर भित्र निमार्ण सम्पन्न भएको खाजा घरको उद्घाटन गरिएको छ । कानेपोखरी ६ का ढाका बहादुर पुरीले स्वर्गीय छोरी पुर्व विद्यार्थी संगीता पुरी र...

न्युरो अस्पतालको रक्तदान कार्यक्रम, ६० पिन्ट रगत संकलन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । रोटरी क्लब अफ बिराटनगर मिडटाउनसँगको सहकार्यमा रतmदान कार्यक्रम शुक्रबार आयोजना गरेको हो । कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा....

लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

विराटनगर, १८ फागुन । झापा मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक-१ बस्ने २३ बर्षीय गणेश खत्री र...

ब्रिज कोर्ष गर्ने विद्यार्थी भन्छन्, ‘व्यवस्थापन मेरील्याण्डमा पढ्ने ’

विराटनगर । सप्तरी राजविराजका गौतम साहले यस वर्ष एसईईको परीक्षा दिएपछि विराटनगरमा ब्रिज कोर्ष गर्दैछन् । उनी पास हुनेमा ढुक्क छन् । तेही भएर ब्रिज कोर्ष गरेका हुन् । उनले कक्षा ११ मा के विषय...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

सिंगापुर पुगे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे सिङ्गापुर पुगेका छन् । उनलाई निजी भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आएका मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । साउदी विमानमार्फत् उनी...

निगमले लागू गर्‍यो नयाँ सफ्वेयर

काठमाडौं, १८ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ ।  निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी...

थप १९ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २ सय ६ पुग्यो

काठमाडौं, १६ जेठ-शुक्रबार थप १९ जना संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ सय ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्