जलाधारको संरक्षणले सिङ्गो सहरलाई संरक्षित गर्न सकिन्छ : केदार कार्की

 न्यूज विराट
जलाधारको संरक्षणले सिङ्गो सहरलाई संरक्षित गर्न सकिन्छ : केदार कार्की

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिङ्गो सहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् । शनिवार हसिना सिमसार परिसरमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जलाधार र जङ्गल क्षेत्रको विनासका कारण पानीका मुहान र स्रोत सुक्दै गएको उल्लेख गरे ।

‘हामीले जलाधार र जङ्गल क्षेत्रको संरक्षण ग¥यौ भने धेरै तल सम्म पानीको स्रोतलाई जोगाउन सक्छौँ । अहिले चुरे दोहनका कारण मधेस प्रदेशका विभिन्न ठाउँमा ४०० फिट खन्दा समेत पानी पाउन सकिरहेको अवस्था छैन ।’ उनले भने । जङ्गल जङ्गल जस्तो नभएकाले जलवायु परिवर्तनको विकराल अवस्था सम्म आईपुुगेको उनले उल्लेख गरे । जनावरमैत्री जङ्गल अभियानमा समेत रहेका उनले जङ्गल क्षेत्रलाई संरक्षण गर्न सकेमा जलवायु परिवर्तनको सङ्कटबाट बच्न सकिने उल्लेख गरे ।
कार्कीले असार २९ गतेदेखि ‘जसको जङ्गल, उसको मङ्गलका लागि जनावरमैत्री जङ्गल’ अभियान अन्तर्गत वृक्षारोपण सुरु गरेका थिए । त्यसअघि कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए । विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जङ्गलमा जनावरका लागि आहार र जनावरमैत्री जङ्गल नभएकाले जङ्गली जनावरले सर्वसाधारणलाई दुःख दिने गरेको निष्कर्ष निकालेका थिए ।
अभियान अन्तरगत उनले आफ्नो नेतृत्वमा कोशी प्रदेशका जङ्गल क्षेत्र भित्र जङ्गल भित्रका जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्दै आएका छन् । शनिवार हसिना सिमसार परिसरमा भएको वृक्षारोपण नेपाली काँग्रेस सुन्दरहरैंचा ५ र नमूना सामुदायिक बनले आयोजना गरेका हुन् ।
कार्कीले यो अभियानलाई आफू मुख्यमन्त्री हुँदै जनावरमैत्री जङ्गल निर्माणका लागि अभियान चलाएको तर अहिलेको सरकारले जङ्गल र जनावर र त्यस छेउका नागरिकहरूप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको भन्दै विरोध समेत जनाएका छन् ।

सम्बन्धित समाचार

रतुवामाईमा पत्रकार हौँ भनेर रकम अशुल गर्दै हँडेका दुई जना पक्राउ

विराटनगर, ६ असार । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी...

विराटनगरमा मनाइयो विश्व मुटु दिवस

विराटनगर । विराटनगरमा विश्व मुटु दिवस मनाइएको छ । आइतबार विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विश्व मुटु दिवस मनाइएको हो । सो अवसरमा मानिसको महत्वपूर्ण शारीरिक अंग मुटुलाई...

अख्तियारको केन्द्रीय कार्यालयका १५ जनामा कोरोना

काठमाडौं, २० साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण देखिएको छ । केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । १८० जनाको स्वाब परीक्षण गर्दा...

प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन

कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेश २ भरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउत संयोजकत्वको निर्देशक समितिले आज सो निर्देशन...

नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...

इन्डोनेसिया भूकम्प : ८०० घाइते, १५ हजार विस्थापित

काठमाडौं, ३ माघ-इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापितसमेत भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको...

ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर, फागुन २२–इलाममा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका ४ बस्ने बर्ष २५ का रोशन राई र देउमाई नगरपालिका ९ बस्ने बर्ष २० का बिशाल सिवालाई पक्राउ...

पशुपतिमा किरियापुत्री सेवा बन्द

पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुगे । विद्युतीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्