कोबासमा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

 न्यूज विराट
कोबासमा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर –१० निलसदनस्थित कोबास कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।
कलेजको नयाँ शैक्षिकसत्रमा ३ सय ५० विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठले जानकारी दिए । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको नियम र शैक्षिक बातवरणको बारेमा जानकारी गराएको थियो । उक्त कलेजले अध्यापन गराउने होटल म्यानेजमेन्ट,विज्ञान,कम्पयुटर साईन्स र ब्यवस्थापन पढाइ हुने गरेको छ । नयाँ भर्ना भएका २९ औँं ब्याचका विद्यार्थी रहेको कलेजले जनाएको छ ।
कार्यक्रमममा बोल्दै कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठले कलेजले सीप र संस्कार सहितको विद्यार्थी उत्पादन गर्दै आएको बताए । उनले कोबासमा अध्ययनगरि गएका विद्यार्थीहरु स्वदेश सहित संसारभरि छरिएर महत्वपूर्ण निकाय र ओहदाहरुमा काम गर्दै आएको समेत बताए । सो अवसरमा कोबासमा पढेर विभिन्न निकायमा काम गर्दै आएका पुर्व विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कोबास कलेजका ब्यवस्थापन समिति अध्यक्ष प्रिया सारडा र प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुलाई मायाको चिनो र खादा सहित सम्मान गरे । कार्यक्रमकाबिच नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा कक्षा १२ का विद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरे ।
कार्यक्रममा कलेज संचालक समिति अध्यक्ष सुमन कालिकोटे,प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, प्याब्सनका पुर्व अध्यक्षद्वय सावित्री पराजुली,ईन्द्र राई, प्याब्सन विराटनगरकन अध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष अर्जुन श्रेष्ठ सहित शैक्षिक तथा वित्तिय संस्था आबद्ध ब्यक्तीत्वहरुले शुभकामना ब्यक्त गरे । सो अवसरमा कलेजका विद्यार्थीहरुले ईथिकल ह्याकिङ सहित विविध विज्ञान प्रदर्शनी तथा खानपान लगायतका प्रदर्शनी गरेका थिए । गुणस्तरीय शिक्षा प्रर्बधनको उद्धेश्य सहित २०५२ सालमा कोबास कलेजको स्थापना भएको जनाईएको छ ।

सम्बन्धित समाचार

मोरङमा कांग्रेसले सुरु गर्यो जिताऔँ अभियान

विराटनगर,२९ फागुन/ नेपाली कांग्रेस मोरंगले आइतबारदेखि जिल्लाभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका...

रतुवामाईको बालुबारीमा बोर्डर आउट पोष्ट स्थापना

विराटनगर, असार ६–मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरीया स्थित भारतीय सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आृट पोष्ट(विओपि) स्थापना भएको छ । सो वडाको डोरीया स्थित बालुबारीमा स्थापना गरिएको बिओपिको रतुवामाई नगरपालिकाका नगर प्रमुख रवीन...

सीमानाकाबाट नेपाल भित्रिने सबैको कोरोना परीक्षण गराउन मन्त्रालयको आग्रह

काठमाडौं, १७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरूलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाडौं, १५ असोज-नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमी लगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ साल १ कात्तिक शनिबारदेखि नेपालीको महान् चाड बडा दसैँ सुरु हुँदैछ ।  दुर्गा पक्षसमेत भनिने...

भारतमा ‘कालो ढुसी’को संक्रमणबाट ४३ सयभन्दा धेरैको मृत्यु

एजेन्सी, ६ साउन । भारतमा म्युकरमाइकोसिस (कालो ढुसी)को संक्रमणको कारण ४३ सयभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समय भारतमा कालो ढुसीका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएसँगै यसबाट मृत्यु हुनेको संख्या पनि बढेको हो ।...

बथनाह–कटहरी रेल्वे मार्गको काम अन्तिम चरणमा

विराटनगर, ८ साउन । भारतको बथनाहदेखि विराटनगरसँगै जोडिएको मोरङको कटहरीसम्म रेल्वे मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रेल्वे मार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सञ्चालनका लागि तयार भएको छ । दुई मुलुकबीचको प्रशासनिक काम...

सरकारी निकायबिच समन्वय नहुँदा विराटनगरको बजार अनुगमन प्रभावकारी नभएको गुनासो

विराटनगर, १३ फागुन । बजार अनुगमन प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । आज विराटनगर महानगरपालिकाको अयोजनामा भएको छलफलमा सहभागिहरूले सरकारी निकायवीच समन्वय नहुँदा अनुगमन प्रभावकारी नभएको बताए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्