विराटनगर । विराटनगर–१४ मा रहेको काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बिआईटी कार्यक्रम संचालनमा आउने भएको छ ।
काठमाण्डौ विश्वविद्यालयले एक कार्यक्रम आयोजना गरी विश्वविद्यालय र एस्पायर कलेज बिच साझेदारी रुपमा बि.आई.टी कार्यक्रम सञ्चालन गर्ने सहमती भएको हो । बि.आई.टी कार्यक्रम एक अत्याधुनिक र अत्यावश्यक क्षेत्रमा आधारित रहेको छ । प्रविधि र ईन्जिनियरिङको क्षेत्रमा विद्यार्थीलाई व्यावसायिक र प्राविधिक दक्षता प्रदान गर्ने यस कार्यक्रमको लक्ष्य रहेको कलेजले जनाएको छ । चार बर्ष, ८ सेमेष्टर अध्यापन गराईने यो कार्यक्रममा कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गरेर जी.पि.ए. २.० वा ५० प्रतिशतश अंक ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुले भर्ना पाउने कलेजले जनाएको छ । काठमाण्डौं विश्विद्यालयको प्रत्यक्ष निगरानीमा संचालित यस एस्पायर कलेजमा यसै वर्ष देखि आई.टी कम्पनी समेत सञ्चालनमा आउँदैंछ । विद्यार्थीलाई भर्नादेखि रोजगार सम्म सेवा पु¥याउने अभिप्रायले सञ्चालन गरिने यस आई.टी कम्पनीमा विद्यार्थीहरुले इन्टर्न तथा रोजगारी पाउने कलेजका प्रिन्सिपल सिएम बस्नेतले जानकारी दिए । सन् २०२२ मा स्थापित यस कलेजमा बि.टेक.एड.आई.टी र बि.पि.एच. (प्रोफेसनलहोटल मेनेजमेण्ट) कार्यक्रम सञ्चालनमा छन् ।
सप्तरी, २२ साउन -सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजीतकुमार झाका अनुसार एकैपटक ९ महिलासहित ४३ जना निको भएका हुन् । उनीहरूको अन्तिम...
विराटनगर, २३ जेठ । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा...
विराटनगर । दाहाल प्रतिष्ठान केन्द्रीय समिति अन्तर्गत स्थापित विभिन्न कोषबाट तीन सञ्चारकर्मीसहित विभिन्न संस्था सम्मानित भएका छन् । दाहाल प्रतिष्ठान विराटनगरले शनिबार विशेष समारोहको आयोजना गरेर पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सकृय रहेका उदघोष...
काठमाडौं, १७ पुस । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक...
विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । राईको हत्या आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बू पक्राउ परेका हुन्...
सप्तरी, १२ साउन-सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरू हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा...
विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...
पत्रकार तथा उपन्यासकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगको आशंकामा ललितपुरको हरिसिद्धिस्थित नेपाल नेपाल क्यान्सर अस्पतालमा उपचार उपचाररत थिए । क्यान्सर भए नभएको पुष्टि नहुँदै पिटरको हृदयाघातका कारण बुधबार...