विराटनगरको भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी पल्टियो, २२ प्रहरी घाइते

 न्यूज विराट
विराटनगरको भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी पल्टियो, २२ प्रहरी घाइते

विराटनगर । विराटनगर १५ स्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा २२ जना प्रहरी घाइते भएका छन् । डियुटी सकेर फर्किएका प्रहरी चढेको कोशी प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना प्रहरी आज साझमा घाइते भएका हुन् ।

घाइते भएका प्रहरीहरुको उपचार विराटनगरस्थित कोशी अस्पतला, न्यूरो र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । घाइते हुने अधिकाशं प्रहरी जवान रहेका छन् । ‘डियूटी सकेर प्रहरी चढेको टु टन गाडी कार्यालयतर्फ आउँदै थियो । भट्टीमोर्डको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रराम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते भएका प्रहरीहरुलाई उद्धार गरी अस्पताल पठाउने काम सकिएको छ । अहिले उपचार भइरहेको छ ।’
टु टन गाडीमा ४० देखि ५० जना प्रहरी सवार थिए ।

सम्बन्धित समाचार

अरनिको कलेजद्धारा विद्यार्थी विदाइ

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विद्यार्थीहरुलाइ विधाई गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको हो । कलेजमा अध्यनरत करिव ८ सय ५०...

नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया– वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने...

संक्रमितको संख्या १४ हजार नाघ्यो, बुधबार थपिए ४८२ जना

काठमाडौं, १७ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए। उनका...

पुर्व स्वास्थ्यमन्त्रीलाई भारी मतअन्तरले पछि पार्दै मेडिकल व्यवसायी सुनिल शर्मा निर्विाचित

विराटनगर । पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतअन्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली काँग्रेसका उम्मेदवरा डा. सुनिल कुमार शर्मा विजयी भएका छन् । ढकाललाई २२ हजार ७ सय ३६ मत...

रोटरी क्बल विराटनगरको भव्य पदस्थापन, अध्यक्षमा मनोज विक्रम शाह

विराटनगर । रोटरी क्लव विराटनगरको ४८ औं पदस्थापन कार्यक्रम भएको छ । विराटनगरमा शनिबार साझ पदस्थापन कार्यक्रम भएको हो ।सन २०२४– २०२५ को लागि रोटरी क्लव विराटनगरको अध्यक्षमा युवा उद्योगी मनोजविक्रम शाह चयन भएका छन्...

बालुवाटारमा दीप प्रज्वलन

काठमाडौं, २५ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, र मन्त्रीहरूको उपस्थितिमा आज साँझ ७ बजे दीप प्रज्वलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...

पाँचौ मिल्स गोल्डकप , प्रहरीलाई स्तब्ध बनाउँदै पेमा स्पोर्टिङ्ग क्लब सेमिफाइलनमा

विराटनगर । घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको खेलमा कोशी प्रदेश प्रहरी...

अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनको सहयोग

विराटनगर । अर्ग्यानिक खेतीका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनले कृषकहरुलाई सहयोग गरेको छ । बढ्दो विषादी प्रयोगबाट मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेकाले कृषकलाई अर्ग्यानिक खेतीमा आकर्षित गर्नका लागि क्लबले सहयोग गरेको हो । अंग्रेजी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्