
विराटनगरमा आज एकैदिन १३५ जनामा कोरोना संक्रमण
विराटनगर, १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक...
विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज गीतकार रमेश पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।
विमोचित कृतिमाथि समालोचक हरि कट्टेलले समीक्षा गरेका थिए । उनले मुक्तकसंग्रहले राजनैतिक, सामाजिक, आर्थिक, पारिवारिक विषयवस्तुलाई सशक्त रुपमा उठाएको बताए । उनले संग्रह पठनीय र संग्रहनीय भएको चर्चा गरे । सो अवसरमा साहित्यकार तीला लेकाली, विनोद विवश, रोहिणी रसिक, मञ्जु घिमिरे दाहाल, स्वीकृति रेग्मी, लक्ष्मी रायमाझी, मञ्जुश्री गिरी, प्रिन्स प्रमोदकुमार ढकाल, मदन भण्डारीलगायतले विमोचन भएको संग्रहभित्रका मुक्तक वाचन गरेका थिए ।
मुक्तक प्रतिष्ठान कोशी प्रदेशले प्रकाशित गरेको संग्रहमा १५२ वटा मुक्तक रहेका छन् । कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय मुक्तक लेखनतर्फ स्रष्टाहरूको आक्रमण बढ्दै गएको बताए । छोटो समयमा लेख्न र पढ्न सकिने भएकाले मुक्तकको लोकप्रियता बढ्दै गएको उनीहरूको भनाइ थियो । प्रतिष्ठानले दाहालको ‘खुल्ला आकाशमुनि’सहित ११ वटा संग्रह प्रकाशित गरिसकेको संस्थाका अध्यक्ष बाबुराम पोखरेलले जानकारी दिए । प्रतिष्ठानले मुक्तक लेख्न चाहने स्रष्टाहरुलाई प्रशिक्षण, अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको सचिव मदन भण्डारीले बताए ।
विराटनगर, १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक...
दाङ, मंसिर ६–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्ता माझ पुगेपछि भने आफु कुनै गुटमा नरहेको स्पष्टिकरण दिएका छन् । सचिवालय बैठकमा दोस्रो वरियताका अध्यक्षको पक्षमा लागेको भनिएका उपाध्यक्ष गौतमले आफू पार्टीको कुनै गुटमा...
काठमाडाैं, १६ साउन-नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । बिहीबार २ जनाको कोोनाको कारण मृत्यु भएकोमा शुक्रबार फेरी अर्को १ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार मृत्यु हुने...
विराटनगर । विराटनगरको गौरवका रुपमा हेरिँदै आएको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बिहीबार देखी विराटनगरको शहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । यस अघि समिति मार्फत हुँदै आएको...
एजेन्सी, ९ कात्तिक-युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । पञ्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको हो । दुबईमा गएराति भएको खेलमा पन्जाबले दिएको १ सय २७ रनको...
एजेन्सी, चैत २६-भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ ।कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलमा जामनगरस्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । अस्पतालले विज्ञप्तिमा शिशुको अवस्था अस्पतालमा ल्याउँदा...
विराटनगर । टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत लिग चरणको विहिबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनलको समिकरण पुरा भएको । पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र वागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । विहिबारको खेल अगावे समुह...
काठमाडौं, ७ असार-नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ । उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.