प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई

 न्यूज विराट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो ।

जितसंगै मोर्डन एराले नगद २५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता डिपिएसले नगद ११ हजार रुपैयाँमा चित्त बुझायो । जितको लागि मोर्डन एराका अमन माझीले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरे । प्रतियोगिताको तेस्रो विराटनगर १३ स्थित गोदावरि स्कुल भयो ।

मोर्डन एराका रोसित राइ खेलको प्लेर अफ द म्याच घोषित भए । बेस्ट मिट फिल्डर डिपिएसका जेनिल विष्ट, बेस्ट गोलकिपर मोर्डन एराका रोनक राजधामि, बेस्ट कोच मोर्डन एराका सन्दिप भट्टराई, बेस्ट फिल्डर मोर्डन एराका अमन माझी, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट डिपिएस स्कुलका आयुष सहनी घोषित भए । त्यसैगरी ईमर्जिङ प्लेयरमा सिद्धार्थ स्कुलका प्रवेश राई र हाइस्कोर डिपिएस स्कुलका इमोन खवास भए ।

बिजता हुने खेलाडीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, सल्लाहकार सावित्रा कुमारी पराजुली, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाल, कोषाध्यक्ष विष्णु डंगोल विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, खेल संयोजक नन्दलाल मण्डल, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्यीय रोहित कोइराला, कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ लगायतले पुरस्कार बितरण गरेका थिए ।


प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका थिए । विद्यालय स्तरबाट फुटबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोना भाइरस नियन्त्रणबारे के भने प्रधानमन्त्रीले (सम्बोधनको पूर्णपाठ)

प्रधामन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का विषयमा देशवासीका नाम सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा भइरहेको तयारीबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको सम्बाेधनकाे पूर्ण पाठ आदरणीय...

प्रहरीको हाकिम भन्दै असुली गर्ने विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीको हाकिम हुँ भन्दै धम्क्याएर व्यापारीसँग रकम असुली गर्ने गिरोहका एक जना सदस्यीय पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–२ का २९ वर्षीय रविन घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका घिमिरेले...

युवा उद्यमशीलता तालिममा महिलाको बाहुल्यता

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेका उद्यमशील वन्न चाहने युवा पुस्ताका लागि राष्ट्रिय लघु तथा घरेलु उद्योग प्रशिक्षण कार्यालय, काठमाडौंले एक हप्ते उद्यमशीलता विकास तालिम सुरु गरेको छ । एभरेष्ट आर्ट फ्यूजनको व्यवस्थापन एवम् संयोजन र पथरीशनिश्चरे...

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर, २ साउन । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।...

देशभर ५ हजार संक्रमित थपिँदा ८ हजार भए संक्रमणमुक्त

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ हजार २४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज १६ हजार ८१४ नमुना पीसीआर...

ग्यास अभाव हुँदैन, चाहिनेभन्दा बढी खरिद नगर्नुस्

निषेधाज्ञा लागू गर्ने सरकारको निर्णय आएसँगै अहिले ग्यास डिलरहरूमा उपभोक्ताको भीड लाग्न थालेको छ । यसअघि शुक्रबार नै एलपी ग्यास उद्योग संघले खाली सिलिण्डर भर्न भनेपछि व्यवसायीहरू स्टकमा राख्न हतारिएका हुन् । ग्यास बिक्रेता भने एक महिनाका...

विराटनगरमा टेवल टेनिस प्रतियोगिता

विराटनगर । विश्व टेबल टेनिस दिवसको असर पारेर विराटनगरमा टेबल टेनिस प्रतियोगीता आयोजना गरेको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । तियोगीतामा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो ।...

ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई 

काठमाडौं, १३ साउन-२ अध्यक्षबीच छलफल भएपछि मात्र नेकपा स्थायी कमिटी बैठक बस्ने भएको छ । बालुवाटार भेलाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गर्न जिम्मा दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्