दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

 न्यूज विराट
दुई वर्षमा विराटनगरमा २० किलोमिटर कालोपत्रे, ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल

विराटनगर । विराटनगर महानगरपालिकाभित्र १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् ।
हाल १९ वटै वडामा १ अर्ब १५ करोडभन्दा बढीका ठूला साना परियोजना सञ्चालन भइरहेका छन् ।

वडास्तरमा पनि १ करोडभन्दा माथिका थुप्रै योजनाहरु निर्माणको चरणमा रहेका छन् । सीमित स्रोत साधनको बाबजुद पनि हामीले विराटनगरको विकासलाई समानुपातिक रुपमा अगाडि बढाइरहेको मेयर नागेश कोइरालाले बताउनुहुन्छ । उहाँका अनुसार वडा नम्बर १ मा २ करोड ११ लाखको लागतमा बाल उद्यान, १ करोडको लागतमा वडा कार्यालय भवन, वडा नम्बर २ मा ५ करोडको लागतमा सन्ध्याकालीन आरतीस्थल, ४ करोडको लागतमा त्रिभुवनमार्गमा कालोपत्रे निर्माणाधीन चरणमा रहेका छन् । वडा नम्बर ५ मा १२ करोडको लागतमा महानगर बहुप्राविधिक शिक्षालयको भवन पनि निर्माण भइरहेको छ । १ करोडको लागतमा डिपीएस दक्षिणमा नाला र सडक पनि बनिरहेको छ । वडा नम्बर ६ मा ५ करोड ३८ लाखको लागतमा विएफएम अगाडिको सडक अब कालोपत्रे हुन मात्रै बाँकी रहेको मेयर कोइरालाले जानकारी दिनुभयो । वडा नम्बर ७ मा १७ करोडको लागतमा प्रधानमन्त्री पार्क, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको प्रशासनिक भवन, वडा नम्बर ७ मै २२ करोडको लागतमा निर्माण भएको वीरेन्द्रसभा गृह हस्तान्तरणको चरणमा पुगेको छ । वडा नम्बर ७ स्थित श्मसान घाट जाने सडकको निर्माणले पनि गति लिएको छ । विराटनगर–८ स्थित विश्वकर्मा चोकदेखि रेल्वे हुँदै सिंघियासम्मको सडक पनि धमाधम निर्माण भइरहेको छ ।
वषौंदेखि जीर्ण रहेको विराटनगर बसपार्कदेखि पश्चिम पिचरा जाने सडक करिब १ करोडको लागतमा नालासहित कालोपत्रे हालै सम्पन्न भएको छ । विराटनगर–११ को केशलिया रोडदेखि रानीसम्मको नहरको डिलको सडक निर्माणका लागि ६ करोडमा ठेक्का लागिसकेको छ । विराटनगर–१२ नम्बरस्थित लेखनाथ वाचनालयदेखि पश्चिम १ करोडको लागतमा नाला, विराटनगर–१३ आँखा अस्पताल अगाडिको सडक ३ करोडको लागतमा निर्माण भइरहेको छ भने १४ नम्बर वडास्थित भगवती मार्गको सडक पनि १ करोडको लागतमा धमाधम निर्माण भइरहेको छ । महानगरको बहुवर्षीय योजनाअन्तर्गत वडा नम्बर १४ मा ५ करोडको लागतमा रानीपोखरी, ६ करोड बढीको लागतमा मण्ठापोखरी पनि धमाधम निर्माण भइरहेको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । करिब १ करोड लागतमा १५ नम्बर वडाको सुँडी टोलस्थित नाला र सडक निर्माण, १ करोडकै लागतमा १६ नम्बर वडाको आर्जे क्लिनिक पूर्व तथा परागमान श्रेष्ठको घर अगाडिको सडक निर्माणले पनि गति लिएको उहाँले बताउनुभयो । १७ नम्बर वडाको मटेरुवा चोकदेखि पूर्वको सडक, १८ नम्बर वडाको फडानी चोकदेखि नहर हुँदै उत्तर निर्माण भइरहेको सडकको लागत पनि १ करोड रहेको छ । विराटनगर–१८ स्थित विराट राजाको दरबार उत्तरमा रहेको पोखरीलाई करिब ८० लाख रुपैयाँको लागतमा आकर्षक बनाइएको छ । सिंढीसहितको पोखरीलाई आकर्षक तरिकाले घेराबारासमेत गरिएको छ । त्यस्तै विराट राजाको दरबार क्षेत्रको सरसफाईसँगै पर्खालमा रंग लगाएर चिटिक्क पारिएको छ । वडा नम्बर १९ मा पर्ने पञ्चकन्या मार्गको सडक पनि १ करोडको लागतमा निर्माण भइरहेको छ । यी बाहेक चालु आर्थिक वर्षको बजेटबाट वडास्तरका १ करोडभन्दा मुनि लागतका दर्जनौं योजनाहरु सम्पन्न हुने क्रममा रहेको उहाँको भनाइ छ । विगत दुई वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे भएको छ भने ४२ किलोमिटर नयाँ सडकमा ग्राभेल गरिएको छ । विभिन्न वडामा १ सय ५२ वटा कल्भर्ट निर्माण गरिएको छ ।
वडास्तरमा पनि कालोपत्रे, ग्राभेल, रिटेरिङ वाल, विभिन्न सामुदायिक भवनको निर्माण तीव्रता पाएको छ । महानगरको निरन्तरको अनुगमनले गुणस्तरीय सँगै सम्झौताभन्दा अगाडि नै धेरै योजनाहरु सम्पन्न भइरहेको उपमेयर शिल्पा निराला कार्की बताउनुहुन्छ । जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी र स्थानीयवासीको समन्वयकारी भूमिकाकै कारण महानगरका दर्जनौं योजनाहरु बिना अवरोध अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली दाबी गर्नुहुन्छ ।

सम्बन्धित समाचार

गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने बाबा रामदेवको दावी

भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड-१९)सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् । उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने बताएका हुन् । रामदेवले...

विराटनगरमा दशैं फुट फेस्टिबल हुने, २५ वटा स्टल रहने

विराटनगर । विराटनगरमा दशैँ फुड फेस्टिवल हुने भएको छ । विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८ देखि कार्तिक ४ गतेसम्म दशैं फुड फेस्टिल हुने भएको हो । मञ्जिना मुभिज क्रिएसन...

प्रदेश १ मा थप ३ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ४–विराटनगरमा आइतबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वाबको नमूना परीक्षणमा विराटनगरका २९ वर्षिया महिला र ३६ वर्षिय पुरुष तथा धनकुटाकी ३४ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास...

मनसुनपछि देशभर ८५ जनाको मृत्यु, ४६ बेपत्ता

काठमाडौं, २९ असार-सरकारले यस वर्षको मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ ।प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका...

राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशीका खेलाडीलाई विदाई

विराटनगर । लुम्बिनीको नवालपरासीमा चैत्र २० गतेबाट सुरू हुने राष्ट्रिय कवडी प्रतियोगिता खेल्न जाने कोशी प्रदेशका खेलाडीहरुलाई विदाइ गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका आइतबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय कवडी प्रतियोगितामा भाग लिन जाने...

एसईइ रनिङ शिल्डको फाइनल आज , उपाधिको लागि बरहा र सत्यनारायण भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण...

अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं, २८ असार । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।...

यूएईद्वारा नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला

काठमाडौं, ८ असोज । यूएईले नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ । कोरोना महामारीका कारण नेपालसहित भारत, पाकिस्तान, सियरा, लाइबेरिया, नामिबिया, नाइजेरिया, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगान्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्