कोशी प्रदेशबाट ८ जना ब्याटमिन्टनका खेलाडी छानिए

 न्यूज विराट
कोशी प्रदेशबाट ८ जना ब्याटमिन्टनका खेलाडी छानिए

विराटनगर । पोखरामा हुन गइरहेको १५ वर्षमुनिको जुनियर ब्याटमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनौट भएका छन् ।
नेपाल ब्याटमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनौट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका छन् । बिहीबार र शुक्रबार भएको छनौट प्रतियोगिताबाट ४ पुरुष र ४ महिला खेलाडी छानिएको संघका केन्द्रीय उपाध्यक्ष विनोद डाँगीले जानकारी दिए ।

पुरुषतर्फ मोरङका प्रतीक विष्ट, भोजपुरका सन्दीप राई, उदयपुरका शोषण खत्री तथा महिलातर्फ सुनसरीकी निभा राई, उदयपुरकी निताशा राइका मगर, भोजपुरकी नदिरा तामाङ र मिङमा तामाङ छनौट भएका छन् ।

नेपाल ब्याटमिन्टन संघ मोरङको व्यवस्थापकीय सहयोगमा भएको प्रतियोगिताबाट छनौट भएका खेलाडीले जेष्ठ ३० र ३१ गते पोखरामा हुने यु १५ जुनियर ब्याटमिन्टन प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने छन् । छनौट भएका खेलाडीहरुलाई कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत, संघको केन्द्रीय उपाध्यक्ष लवभक्त श्रेष्ठ, पूर्वाञ्चल खेलकुद विकास समितिका प्रमुख शोभित प्रसाईं, ब्याटमिन्टन संघ मोरङका अध्यक्ष पुष्पधन शाक्य, उपाध्यक्ष सन्तोष बान्तवालगायतले खेलाडीहरुलाई बधाई तथा शुभकामना दिँदै मेडल र प्रमाण प्रदान गरे ।

सम्बन्धित समाचार

कोरोना सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

भद्रपुर, २ चैत–कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक...

२४ घण्टामा देशभर थपिए ३११ कोरोना संक्रमित

काठमाडौं, १३ साउन-आज देशभर ३११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना भाइरस संक्रमित भेटिएको...

कोरोनाबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित

काठमाडौं, २१ वैशाख-विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा...

मोरंगमा भरुवा बन्दुक सहित एक जना पक्राउ

विराटनगर, १ असोर । मोरङ मिक्लाजुङ गाउपालिका ५ का  ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा...

मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदै, २ लाख ८५ हजार बालबालिकालाई लगाउने लक्ष्य

विराटनगर । मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा – रुबेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय मोरङ...

सहकारीलाई एकिकरण गर्नुपर्छः मन्त्री खत्री

विराटनगर । उद्योग,कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सहकारीलाई एकिकरण गरेर दरिलो बनाउन आबश्यक भइसकेको बताउनुभएको छ । ६७  औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा आज विराटनगरमा आयोजित सहकारीमा सुशासनका लागि प्रविधिले ल्याएका अवसर,...

मिल्स गोल्डकपको उपाधिको लागि सिरहा र झापा भिड्दै

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि आज शनिबार दिउँसो साविक विजेता सिरहा गोलबजारको प्रतिभा फुटबल क्लब र झापाको ध्रुवतारा युवा क्लबसँग प्रतिस्पर्धा गर्दै छन् । तेस्रो संस्करणको उपाधि जित्ने दाउसहित सिरहा...

बेलबारीमा एक बालिकालाई बलात्कार गरि फरार व्यक्ति ११ महिना पछि पक्राउ

विराटनगर, २५ साउन । मोरङको बेलबारीकी एक बालिकालाई बलात्कार गरी फरार रहेका एकजना युवा ११ महिनापछि पक्राउ परेका छन् । जंगलमा निगुरो टिप्न गएकी बेलबारी लक्ष्मीमार्गकी एक बालिकाकाई बलात्कार गरेर फरार भएका बेलबारी ११ का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्