२७ करोड ५५ लाखमा मोरङको टंकीसिनवारीमा खानेपानी आयोजना संचालन
शुक्रबार, १८ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैयाँ लागतमा मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था संचालनमा आएको छ । बुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा उक्त संस्था शुक्रबारदेखि संचालनमा भएको हो ।
खानेपानी आयोजना ४५० घन मिटरको दई ट्याङी रहनुका साथै एक सय ६६ किलोमिटर पाइप विस्तारवाट सो गाउँपालिकाको वडा नं १,२,३,४,५ र ६ का दुई हजार ७१ घरधुरी स्वच्छ र गुणस्तरीय पानी प्राप्त गर्न लाभान्वित भएका छन् । नवनिर्मित भवनको उद्घाटन खानेपानीमन्त्री राजेन्द्रकुमार राईले गरे । उनले कार्यक्रममा बोल्दै तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताए । उनले संविधान र कानूनमा भएको व्यवस्था अनुसार जनताको खानेपानीको समस्या हल गर्दै जाने बताए । मन्त्री राईले नागरिकको आर्थिक समृद्धिवाट मुलुकमा विकास निर्माण कार्य सुचारु एवं समयमा सम्पन्न गर्न सकिने हुनाले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि कायम गर्ने दीशातर्फ अगाडी बढनुपर्ने बताए । सामुदायिक संस्थाका अध्यक्ष नवराज विष्ट,खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदार लगायतले जनसङ्ख्याको चापको वृद्धि अनुसार खानेपानीको आवश्यक्ता टड्कारो रहेको बताए ।
काठमाडौं, ७ असोज । नेपाली महावाणिज्य दूतावासको आग्रहपछि तिब्बतले दशैंतिहारजस्ता चाडपर्व लक्षित निर्यातलाई सहजीकरण गर्ने भएको छ । महावाणिज्यदूत नवराज ढकालले आज तिब्बतको वाणिज्य, भन्सार र बन्दरगाह अधिकारीहरुसँग नेपालतर्फको निर्यातमा वृद्धि गर्न र तातोपानी तथा...
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हिंसापीडित महिलाहरुलाई सहयोग गर्न महानगरले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएका छन् ।लैंगिक विभेद आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत एवीसी नेपालले मंगलबार आयोजना गरेको सरोकारवालासितको छलफलमा मेयर कोइरालाले...
विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका...
साफ महिला च्याम्पियनसिप २०२२ आगामी भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो । अखिल...
विराटनगर । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि विराटनगरका ओसियन जंग थापा र धरानकी उपासना रामदामले जितेका छन् । विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगितामा मिस्टरतर्फ ओसियनले र मिसतर्फ उपासनाले उपाधि जितेकी हुन्...
बावुराम मुडियारीविराटनगर । अपाङ्गतमा भएका व्यक्तिहरूलाई राज्यको हरेक निकायमा समावेश गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।नेत्रहीन युवा संघ नेपाल मोरङले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । राज्यले बनाउने...
विराटनगर । स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित प्रहरीले प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विराटनगरबाट शुक्रबार दिउँसो भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय...
विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले सुरू गरेको सप्ताहव्यापी कार्यक्रम सकिएको छ । संघले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन...