मोरङ कारागारमा स्वास्थ्य शिविर, ६ सयबढी कैदीबन्दीले गराए स्वास्थ्य जाँच
शनिबार, १२ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र रहेका कैदीबन्दीहरुको लागि निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको छ । गिरी फाउन्डेसनको आयोजनामा शनिबार कारागारमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा कैद भुक्तान गर्र्दै आएका ६ सय बढी कैदीबन्दीहरुले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य शिविरमा सबैभन्दा बढी छालाका विरामीहरु बढी रहेका थिए । गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीको पहलमा कारागार भित्र स्वास्थ्य शिविर आयोजना गरेको हो । कारागारभित्र कैदीबन्दीहरुको स्वास्थ्यमा धेरै समस्या हुने भएकाले बेलैमा उपचार गरे ठिक हुनसक्ने भएकाले शिविर गरिएको गिरी फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले बताए ।
विराटनगरको पारस हस्पिटलको प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । पछिल्लो समय युवा नेता गिरीले सामाजिक सेवाको काममा सक्रिय भएर लागि परेका छन् । उनले यसअघि पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक सामाग्री पनि वितरण गर्दै आएका छन् । विभिन्न सामुदायका मानिसहरुलाई पनि खाद्यान्य र लत्ताकपडा पनि बितरण गर्दै आएका छन् ।
विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिकाले पूर्वेली संगठन सुदृढिकरण अभियानको उद्घाटन गरेको छ । विराटनगरस्थित अखिल नेपाल टे«ड युनियन महासंघ मोरङको कार्यालयमा शनिबार विहान एक कार्यक्रम आयोजना गरी उक्त अभियान विराटनगरमा सुरु गरेको हो...
काठमाडौं, १६ पुस । गृहमन्त्री बालकृष्ण खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने बताएका हुन् । एमसीसी देश...
काठमाडौं, ३० वैशाख-भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीया सुष्मा मल्ल रहेकीछिन् । स्याङजाको पुतलिबजार नगरपालिका–१२ पेल्काचौर बस्ने मल्लको सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर...
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।आइबार निवासबाटै प्रहरीको नियन्त्रणमा परेपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु–याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु...
विराटनगर । विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोलीहानी हत्या भएको छ । धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो । विराटनगर महानगरपालिका–...
विराटनगर । नेपाल घरेलु तथा साना उधोग महासंघ मोरङ्ग अन्तर्गत दुई समिति गठन भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ उर्लाबारी नगर समिति तथा उर्लाबारी महिला उद्यम नगर समिति गठन भएको हो । उर्लावारी...
काठमाडौं, फागुन १५-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा...
सरकारले ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौता रद्द गरेको छ ।चीनबाट समयमै र गुणस्तरीय सामाग्री ल्याउन नसकेपछि ओम्नी समूहसँग सम्झौता रद्द गरेको हो । स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय...