लायन्सका सदस्यदेखि गभर्नरसम्म विराटनगरका विकास अधिकारी
आइतबार, ०९ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी का गर्भनरमा निर्वाचित भएका छन् ।
अधिकारी आगामी बर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नरमा शनिबार निर्वाचित भएका हुन् । विराटनगरमा शनिबार भएको डिस्ट्रीक कन्भेन्सनबाट अधिकारी गभर्नरमा निर्वाचित भएका छन् ।
उनी यसअघि लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सीका प्रथम भाइस गभर्नर रहेका थिए । गर्भनरमा निर्वाचित हुनुभन्दा अगाडी अधिकारी इलेक्ट डिस्ट्रीक गभर्नरको पाँच दिने तालिममा अमेरिका पुगेर आएका थिए । नवनिर्वाचित गर्भनर अधिकारीले आगामी बर्ष अन्तराष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रीकको ब्यस्थापन र समुदाय संघ जोडीएर लायन्सले काम गर्ने बताए । योजनाबद्ध तरिकाले सामाजिक क्षेत्रमा काम गरेर लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी लाई एउटा उचाइमा पुर्याउने योजना रहेको उनले सुनाए । ‘ आगामी बर्ष अन्तराष्ट्रिय प्रोजेक्टहरू डिस्ट्रीकको ब्यस्थापन हुनेछ र समुदाय संघ जोडीएर लायन्सले सामाजिक काम गर्ने योजना रहेको छ,’ उनले भने, ‘आफ्नो कार्यकालभरी सामाजिक कार्यमा सक्रिय भएर लागि पर्नेछु ।’
कहिले के – के भए विकास ?
विराटनगर ४ कन्चनबारी निवासरी ४२ वर्षीय अधिकारीको जन्म २०३९ वैशाख १ गते भएको हो । हेल्थ केयर म्यानेजमेन्टमा स्नातकोत्तर गरेका अधिकारी सन् २०११ बाट लायन्समा सहभागि भए । उनले विराटगनर ग्रिनसिटीबाट सदस्य लिएर सन् २०१३ मा सचिब भए । त्यसपछि उनले लायन्स क्लब अफ विराटनगर मोरङ स्थापन गरे । उनी उक्त क्लबको संस्थापक अध्यक्ष पनि हुन् । २०१५ मा डिष्ट्रिय चेयरपर्सन हुँदै जोन चियरपर्सन, एरिया कोअर्डिनेटर, ट्रनिग पुलचिफ, क्याविनेट सेक्रेटरी, भिजनचिफ हुँदै सन् २०२२ मा सेकेन्ड भाइस डिष्ट्रक गभर्नर सम्म भएका थिए । उनी अन्य विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध रहेका छन् । फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका संस्था सदस्य, एलाइड साइन्स ईनिष्टच्युसनल एसोशिएसन (एशिया) महासचिब, पूर्वाञ्चल विश्वविद्यालय फ्याकल्टी बोर्ड सदस्य, उद्योग परिसंघ कोशी प्रदेशका संस्थापक सदस्य समेत रहेका छन् । अधिकारी स्वास्थ्य र शिक्षा क्षेत्रका स्थापित युवा व्यवसायी हुन् । व्यवसायसँगै उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय पदकबाट पनि सम्मानित भइसकेका छन् ।
काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज...
काठमाडौं, १६ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार टेलिफोन वार्तामा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले विश्वभर पारेको असरका बारेमा कुरा भएको...
विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्कुल परिसरमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ४ सय...
विराटनगर । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा संविधानविद् काशीराज दाहाल र पत्रकार हरि अधिकारीलार्य पुरस्कृत गरिएको छ ।नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको षष्टीका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट संविधानविद् दाहाललाई र षष्टीका...
विराटनगर । मोरङ जिल्ला पौडी संघले आयोजना गरेको स्वीमिङ प्रतियोगितामा दावा तामाङले तीन विधामा मेडल जितेका छन् । ओलम्पिक डे को अवसरमा संघले एभरेष्ट स्कुल विराटनगरमा– १५ मिटरदेखि आठ सय मिटरसम्मको विभिन्न स्पर्धा गराएको हो...
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...
विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० र्औ स्थापाना दिवश मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर विद्धाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर विद्धाआश्रमका अध्यक्ष...