छुवाछुत गरेको आरोपमा झापा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

 न्यूज विराट
छुवाछुत गरेको आरोपमा झापा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

विराटनगर । जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा झापाको हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलमाथि जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा गत चैत २८ गते जाहेरी परेकोमा आइतबार गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पोर्तेलको जाहेरीको आधारमा गिरीलाई शनिवार साँझ बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० मिलन केसीले जानकारी दिए । उनका अनुसार गिरीले पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव ९कसूर र सजाय० ऐन, २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको हो ।

गत चैत १८ गते हल्दिबारीमा भएको नेकपा ९एमाले० हल्दिबारी गाउँपालिकाको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै पोर्तेलले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पक्राउ गरिएका गिरीलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए ।

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख रहेका पोर्तेल नेकपा ९एमाले० निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपालका सचिव, नेकपा ९एमाले० कोशी प्रदेश कमिटी सदस्य रहेका छन् । उनीमाथि जातीय विभेद भएको भन्दै नेपाल दलित संघ झापा, जातीय मुक्ति समाज झापा, नेपाल दलित मुक्ति मोर्चा झापा, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठन झापा, दलित जागरण अभियान झापा र ओरिफ नेपाल झापाले संयुक्त विज्ञप्ति जारी गर्दै गिरीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गर्न ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार

कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ४१ लाख नाघ्यो

एजेन्सी, बैशाख २८-कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४१ लाख ७२८ पुगेको छ...

कोशीमा गठबन्धनले सत्ता कब्जा गर्न खोज्यो : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् । गठबन्धनले बलमिच्याइँ गरेर फोहोरी खेल खलेको उनले आरोप लगाए । नेकपा एमालेको कोशी प्रदेश कमिटीको...

जनकपुरका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने

जनकपुर, २३ जेठ-प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ७३ दिनपछि आज (शुक्रबार) देखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । जनकपुरधामका सम्पूर्ण पसल दिउँसो १२ बजेसम्म खोलिने निर्णय भएको बैठकका सहभागि चेम्बर अफ कमर्स जनकपुरधामका...

शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला

विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस...

प्याब्सन स्पोर्टस मिट, पूर्वाञ्चल एकाडेमीको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ । शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई ‘ओरेनटेसन’

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई ओरेनटेसन दिएको छ । कलेजले विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५०...

इप्रका रानीद्धारा २ लाख ६७ हजारको अवैध सामान बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले झण्डै तीन लाखको अवैध सामान बरामद गरेको छ । भारतबाट तस्करी भएर आएको २ लाख ६७ हजार १ सय मुल्य बरावरको अवैध सामान मंगलबार बरामद गरेको हो ।प्रहरीले...

दक्षिण कोरियाले दियो किमको अवस्थाबारे जानकारी

एजेन्सी, बैशाख १५-दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका वरिष्ठ सुरक्षा सल्लाहकारले उत्तर कोरियाका नेता किम जोङ उन स्वस्थ र जीवित रहेका जानकारी दिएका छन् । नेता किमको स्वास्थ्यका बारेमा अनेक अट्कलबाजी भइरहेका बेला दक्षिण कोरियाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्