भगवती विद्या मन्दिर स्कुलले मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस

 न्यूज विराट
भगवती विद्या मन्दिर स्कुलले मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस

विराटनगर । विराटनगर – १४ मा रहेको भगवती विद्या मन्दिर १८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा विद्यार्थीले मार्च पास, नृत्य , गायन प्रस्तुत गरि थप रमाइलो गरे । सोहि अवसरमा एसईई परीक्षा दिएका १३ औं ब्याजका २२ जना विद्यार्थीलाई स्कुलले बिदाइ गरेको छ । कार्यक्रममा विराटनगर १४ का वडाअध्यक्ष सुर्यनारयण महतोले बिद्यार्थीलाई गुणस्तरीय शिक्षासंगै सिपमुलक शिक्षा दिएर अगाडि बढनुपर्नेमा जोड दिए ।

स्कुलले उत्कृष्ट विद्यार्थी, नियमित आउने विद्यार्थी, अनुशासन, सरसफाइ भएर विद्यालय आउने बिद्यार्थीहरुलाई पनि सम्मान गरेको छ । स्कुल प्रथम हुने छात्र र छात्रालाई पूर्ण छात्रवृत्ति दिने स्कुलले घोषणा गरेको छ । यसैगरी स्कूलमा प्रथम हुनेलाइ ५० प्रतिशत, द्वितीयलाई २५ प्रतिशत र तृतीय हुने बिद्यार्थीलाइ १० प्रतिशत छात्रवृत्ति दिने स्कुलले जनाएको छ ।
कार्यक्रममा बोल्दै स्कुलका संस्थापक प्रिन्सिपल धनबहादुर (डिबी) राईले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै पनि कसुर बाकी नराखेको बताए । विद्यार्थीहरुलाई सीपसहित रोजगारमुखी शिक्षा दिएर अगाडी बढेको उनले बताए ।

सम्बन्धित समाचार

संघीय संसदबाट पद गुमाउने पहिलो सांसद बनिन् सरिता गिरी

काठमाडौं, २५ असार-संघीय संसद गठन भएपछि पहिलो पटक तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी आजबाट औपचारिक रूपमा पदमुक्त भएकी छिन् । निशान छाप प्रकरणमा पार्टी निर्देशन उलङ्घन गरेपछि गत मंगलबार पार्टीबाट निष्कासनमा परेकी गिरीलाई आज...

भक्तपुरकी कोरोना संक्रमित महिला स्टाफ नर्स

काठमाडौं, ३१ वैशाख-भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका २ जनामध्ये २५ वर्षीया महिला स्टाफ नर्स रहेको खुलेको छ । उनी ललितपुरकाे १ निजी अस्पतालमा काम गर्थिन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनी हिजै राती...

नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया– वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने...

विराटनगर प्रमुख पराजुली भन्छन, म समाज सेवामा भगवान भेटछु

गोपाल पोखरेल विहिबार दिउसो ५ बज्न नपाउदै विराटनगर महानगरका प्रमुख भिम पराजुली हस्याङ फस्याङ गर्दै नोवेल अस्पताल तिर हानिए । अस्पताल पुग्दा गरिव तथा विपन्नलाई वितरण गर्ने खनाको प्याकेट तयार भई सकेको थियो । केही...

बालुवाटारमा नेकपाका ३ शीर्ष नेताबीच वार्ता

काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधानका लागि २ अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड) आज पनि वार्तामा जुटेका छन्  । बालुवाटार स्रोतका अनुसार आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल...

यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सपलता

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदुरपश्चिम र मधेश प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिमले कर्णाली प्रदेशलाई...

विपद प्रतिकार्य योजनाका विषयमा छलफल

विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ ।महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना...

उद्योग वाणिज्य महासंघको चुनावी साधारणसभा स्थगित

२८ र २९ चैतलाई तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा जेठ पहिलो सातासम्मका लागि स्थगन गरिएको छ । बिहीबार महासंघ कार्यालय टेकुमा बसेको बैठकले यो निर्णय लिएको अध्यक्ष भवानी राणाले बताइन् । यसअघि महासंघले प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्