विराटनगरमा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु

 न्यूज विराट
विराटनगरमा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु भएको छ । विराटनगरमा शनिबारदेखि उक्त तालिम सुरु भएको हो ।

तीन महिनासम्म संचालन हुने तालिममा ५७ जना महिलाहरुको सहभागि रहेको सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुली प्याकुरेलले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि सान्दर्य कला व्यवसायी संघकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्तो सिपमुलक तालिमले ठूलो सहयोग पुर्याउने बताइन् । तालिममा सिकेको कुराहरु व्यर्वहारमा उतारेर महिलाहरु आयआर्जनमा लागेर आत्मनिर्भर बन्नुपर्नेमा उनले जोड दिइन् । कार्यक्रमको प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत रहेका थिए । ‘समृद्धिका लागि सिप सिकौं, आत्मनिर्भर बनौं’ भन्ने मूल नाराका साथ उक्त तालिम सुरु भएको छ ।

सम्बन्धित समाचार

शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी हो– प्रहरी महानिरीक्षक

विराटनगर, २८ साउन । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै प्रहरी महानिरीक्षक थापाले उक्त...

कोरोना संक्रमणको डर हराउँदै गएकोमा स्वास्थ्य मन्त्रालयको चिन्ता

काठमाडौं, १५ असार-नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित लगातार बढिरहेको समय सांस्कृतिक क्रियाकलापहरू विवाह, भोज, भतेर गरेर भीडभाड बढाएको...

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिइने

काठमाडाैं, ८ भदौ-काठमाडाैंकाे टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल...

समाजवादी पार्टी र राजपा एकता, राप्रपाको शुभकामना

तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ । बुधबार मध्यरातमा राति दुवै पार्टी मिलेर जनता समाजवादी पार्टी बनाउने निर्णय भएअनुसार बिहीबार दिउँसो निर्वाचन आयोगमा दल दर्ता भएको छ । बिहीबार दिउँसो...

नेकपाकै नेताहरू कोरोना संक्रमणको जोखिममा गम्भीर भएनन् : प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोना...

भिरबाट लडेर एक जनाको मृत्यु

भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।पौवादुङ्मा गाउँपालिका –४ वास्तिमको कात्तिकेका ५४ वर्षीय बलबहादुर कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार बेलुका ८ बजे खेतबाट पराल बोकेर घरतर्फ...

भारत लैजादै गरेको दश जना महिलाको उद्धार

विराटनगर । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर भारत लैजान लागेको दश जना महिलाहरुलाई उद्धार गरिएको छ । साना हातहरु नामक संस्था र प्रहरीले विराटनगरको सीमा क्षेत्र र जोगवनीबाट दश जना महिलाहरुलाई उद्धार गरेको हो । उद्धार...

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २५ जेठ-जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । जनता समाजवादी पार्टी १३९२ नम्बरमा आइतबार साँझ आयोगमा दर्ता भएको हो । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई बनेको पार्टी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्