विराट गोल्डकप, कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

 न्यूज विराट
विराट गोल्डकप, कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसि काठमाण्डौले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
जितको लागि मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन विनोङ नायक भए । टिमलाई सेमिफाइनलमा पु¥याउन दुवै गोल स्टेफनले गरे । खेलको प्लेयर अफ द म्याच पनि स्टेफन घोषित भए । उनले नगद ११ हजार पाए । कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काए ।

सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्दैछ । यसअघि घरेलु टिम सांग्रीला मोरङ एफए र विभाग्य टिम सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा पुगिसकेका छन् । एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।
प्रतियोगिता अन्तर्गत् पहिलो सेमिफाइनल खेलमा बिहीबार सांग्रीला र विभाग्य टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम क्वाटरफाइनलमा मच्छिन्द्रका विदेशी स्टेफन विनोङले खेल सुरु भएको १० औं मिनेटमा गोल गरी टिमलाई अग्रता दिलाए । मनिष डाँगीले निकालेको क्रस पासलाई स्टेफनले मध्ये भागबाट वललाई एक्लै लगेर कोलकताका गोलकिपर सुरजक मल्किलाई वीट गर्दै उत्कृष्ट फिनिसिङ गरे ।
मच्छिन्द्रले अग्रता लिएको २२ मिनेट बित्न नपाउँदै कोलकताका सोनु हल्दारले ३२ औ मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए । सत्रिय बक्सीले निकालेको पासलाई सोनुले गोल गरेका थिए ।
पहिलो हाफ १–१ गोलको बराबारीमा सकियो । दोस्रो हाफदेखि मच्छिन्द्रले आक्रमक खेल पस्कियो । खेलको ५५ औं मिनेटमा स्टेफन विनोङल गोल गर्दै मछिन्द्रलाई २–० को जित दिलाए । सनीस श्रेष्ठले निकालेको पासलाई स्टेफनले टच गर्दा आकर्षक गोल भयो ।
४१ औं मिनेटमा सत्रिय बक्सीले दाया बार च्यापेर प्रहार गोलेको बललाई मछिन्द्रका गोलपिकर विशाल श्रेष्ठले पन्च गरेर बारमाथिबाट फालिदिए । ४४ औं मिनेटमा मच्छिन्द्रका आयूष गलानले ३० यार्डदेखि गरेको प्रहार बारमा लागेर बाहिरिदा अग्रता तेब्बर बनाउने मौका गुमाए ।
४७ औ मिनेटमा स्टेफनले डिबक्स भित्रबाट गरेको कडा प्रहार कोलकाताका कप्तान सुमनले गोल हुनबाट उत्कृष्ट बचाए । गोलकिपर सुरज मल्कि अगाडी बढदा सुमनले गोल हुनबाट जोगाए ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा कोलकताले केहि राम्रो अवसर खेर फालेका थिए । ६५ औं मिनेटमा स्टिफीनले प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । यस्तै ७० औं मिनेट मनिष डाँगीले पासमा स्टिफिनकोे प्रहार कोलकत्ताका गोलकिपर सुरज मल्किले उत्कृष्ट बचाउ गरे ।
कोलकाताका खेलाडीको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर चुकाउँदा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।
हारपछि कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले खेलाडीहरुको थुप्रै अवसर पाउँदा पाउँदै पनि फिनिसिङ पक्ष कमजोर हुँदा पराजय भएको बताए ।
यता मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुले योजना अनुसार आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । सेमिफाइनलमा मंगलबार भएको क्वाटरफाइनलमा भएको गल्ती सच्याएर अगाडी बढने बताए । सेमिफाइनलमा बिमल घर्तीमगरलाई मैदानमा उतात्रने योजना रहेको उनले सुनाए । ‘विमल मैदानमा रहदा अग्रपंन्ती थप मजदुत हुनेछ,’ उनले भने ।

सम्बन्धित समाचार

महिला क्रिकेटमा इलाम र मोरङ फाइनलमा

विराटनगर । तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा इलामले सिरहालाई ४...

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर, १५ फागुन । झापा मेचीनगर नगरपालिका -८ का ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । शुक्रबार दिउसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचिनगर...

आजदेखि विदेशमा अलपत्र नेपालीको उद्धार, उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार

काठमाडौं, २३ जेठ-विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । २ ‘होल्डिङ सेन्टर’ भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान...

कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा घातक

एजेन्सी, बैशाख २-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक रहेको बताएको छ ।डब्लुएचओका महानिर्देशक टेड्रोड एडहानोम गेहब्रेयससले प्रभावकारी खोपबाट मात्रै कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा रोक्न सकिने बताए ।...

नेपालमा थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए...

बुटवलमा ओली समूहले निकाल्‍यो मोटरसाइकल र्‍याली

नेकपाको ‌ओली समूहले बुटवलमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ । १ फागुनमा बुटवलमा आयोजना हुने सभालाई प्रचार गर्ने उद्देश्यले मोटरसाइकल र्‍याली आयोजना गरिएको नेकपा रूपन्देहीले जनाएको छ । बुटवलको चौराहबाट सुरु भएको र्‍याली मिलनचोक, बसपार्क,...

महिला जागृती वृद्धा आश्रमका जेष्ठ नागरिकलाई औषधी र खाद्यान्य वितरण

विराटनगर, बैशाख १९–नेपाल औषधी व्यवसायी संघ मोरङले बुढीगंगा गाउँपालिका – १ पुष्पलालचौक स्थित महिला जागृती वृद्धा आश्रममा आश्रीत जेष्ठ नागरिकहरूलाई औषधी तथा खाद्यान्य वितरण गरेको छ । विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण...

थप ९ सय ८० जनामा कोरोना पुष्टि, नाै जनाकाे मृत्यु

काठमाडाैं, २१ भदौ-पछिल्लाे २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणअनुसार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरस (काेभिड-१९) को संक्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घन्टामा थपिएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्