विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा शनिबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।
उदघाटन खेलमा ग्रामथान भेट्रान्स क्लब विजयी भएको छ । उर्लाबारी भेट्रान्स फुटबल क्लबलाई ३–१ गोलले हराउँदै ग्रामथान विजयी भइ दोस्रो चरणमा पुगेको छ ।
मिल्स भेट्रान्स फुटबल क्बल रानीको आयोजना सुरुमा भएको प्रतियोगिता चैत २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्सफ क्बलका अध्यक्ष इन्द्रराजा थापा (राजु) ले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार रुपैयाँको साथै ट्रफि पाउने क्लबका सचिव सुमित डंगोलले बताए ।
प्रतियोगिताको प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १ हजार १ सय रुपैयाँ पाउँनेछन् । फाइनलमा बेस्ट स्कोर र म्यान अफ श्रीरिज हुने खेलाडीलाई जनही ३ हजार १ सय रुपैयाँ पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्दा करिब पाँच लाख खर्च हुने अनुमान आयोजकको छ ।