प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु हुँदै, १६१ खेलाडी सहभागि हुने

 न्यूज विराट
प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु हुँदै, १६१ खेलाडी सहभागि हुने

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि विराटनगरमा सुरु हुँदैछ ।
कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शुक्रबारेदेखि विराटनगरमा दुई दिने प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ छैटौं कोशी प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघका संयोजक राजेन्द्र धिमालले जानकारी दिए ।

उनले प्रतियोगितालाई निरन्तरता दिँदै कोशी प्रदेशका ७ वटा जिल्लाका खेलाडीहरुको सहभागिता हुने बताए । चैत ९ र १० गते विराटनगरमा हुन लागेको प्रदेश स्तरीय प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा र भोजपुरका १६१ जना महिला तथा पुरुष खेलाडीको सहभागिता हुने संयोजक धिमालले बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा हुने प्रतियोगितामा एकल स्पायरिङ र एकल प्याटन विद्यामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताउँदै, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले भने, ‘संघले खेलकुदको विकास लागि गाउँ स्तरबाटै प्रतियोगिताका साथै दैनिक अभ्यास गराउँदै आएको छ । गाउँ स्तरबाटै खेलको विकास गरेकै कारण अन्तर्राष्ट्रिय प्रतियोगितामासमेत पदक प्राप्त हुन थालेको छ ।’ प्रतियोगितामा ७ वटै जिल्लाबाट खेलाडीका साथै अफिसियलहरुको उपस्थिति हुनेछ । प्रतियोगिता आयोजना गर्दा करिब १३ लाख अनुमानित खर्च हुने संघका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

बागलुङमा सकियो र्‍यापिड टेष्ट, १ हजार २९ जनाको परीक्षण

बागलुङ, ४ बैशाख-बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको...

आज २७३६ जनामा कोरोना, २२ संक्रमितको मृत्यु

काठमाडौं, २५ कात्तिक-गत २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६०  पुगेको छ । आज ८ सय...

इतिहासमै पहिलो पटक सरकार बेखर्ची

काठमाडौं, भदौ ३० । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजदेखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट आजसम्ममा संसद्बाट पारित गर्नुपर्ने छ ।...

बलात्कारको आरोप लागेपछि सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ

काठमाडौं, २२ भदौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल...

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले दुवै कमिटी घोषणा गरेको हो । सो समूहले एमालेका पूर्वउपाध्यक्ष...

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव

चितवन, ४ मङ्सिर-तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण...

५५ दिनपछि यसरी जुर्यो केपी–माधवको भेटबार्ता

काठमाडौं, असार २३ । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । ओली र नेपालबीच आज साँझ नक्सालस्थित मेरियट होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो...

पार्टीहरूमा रोग लाग्यो : प्रचण्ड

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले पार्टीहरुमा रोग लागेको र त्यसको उपचार गर्न समीक्षा जरुरी भएको बताएका छन् ।विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्